समाचार

बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ

बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी युवाहरूको क्रान्ति प्रतिक्रान्तिमा परिणत हुन लागेको बताएका छन्। उनले यसअघि जेनजीको आन्दोलनलाई समर्थन गर्ने क्रममा भेडाको खोल ओढेर आउने ब्वाँसाहरूसँग सतर्क रहन गरेको आग्रह स्मरण गरेका छन्। भट्टराईले जेन-जीको आन्दोलनमा त्यस्ता व्यक्तिहरू पसेको हुन सक्ने शंका व्यक्त गरेका छन्। भट्टराईले संसद, सिंहदरबार, अदालत र दलका नेताहरूको निवास आदि छानीछानी आगो लगाउने काम जेनजीले गरेको विश्वास नरहेको उल्लेख गरेका छन्। 'लोकतन्त्रका प्रमुख आधार, स्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला,' भट्टराईले फेसबुकमा लेखेका छन्, 'त्यसैले आत्मसमीक्षा गर्नुहोस्! अब त्यो आगो निभाउने काममा लाग्नुहोस्!' भट्टराईले ब्वाँसाहरूलाई चिन्ने प्रयास गर्न सुझाव दिएका छन्। उनले फ्रान्सेली क्रान्तिको इतिहास पढ्न पनि सुझाव दिएका छन्।'एक दशकदेखि लोक...
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ।मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन्।सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ। प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ। अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन्। ...
बालसुधार गृहबाट भागेका बालबन्दीले कैदी भगाउन खोज्दा ५ जनाको ज्यान गयो

बालसुधार गृहबाट भागेका बालबन्दीले कैदी भगाउन खोज्दा ५ जनाको ज्यान गयो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
दाङ बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले जानकारी दिए।घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ। बालसुधार गृहबाट भागेका बालबन्दीहरुले छेवैमा रहेका कैदिहरुलाई भगाउने क्रममा प्रहरीका हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको हो। प्रहरी श्रोतका अनुसार नौबस्तामा रहेको कारागार र बालसुधारगृहका ६ सय भन्दा बढी कैदी बन्दि र बालबन्दिहरु भागेका छन्। अहिले नौबस्ताको कारागार खाली भएको प्रहरीले जनाएको छ। ...
काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

Breaking news 1, ताजा अपडेट, समाचार
२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सोमबार जेनजीले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको थियो ।एआईजी टेक तामाङ अवकार भएपछि सोमबार काठमाडौं प्रहरी प्रमुख निमित्तको भरमा थियो । ...
रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
बुटवल , २४ भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ ( संशोधन सहित ) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसै गरि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, र सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्‍याउने जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी दिएको छ । ...
जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन् ।विज्ञप्ति: हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं। पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हा...
जेनजी समूहको आन्दोलन जारी

जेनजी समूहको आन्दोलन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध सुरु गरेको आन्दोलन मंगलबार पनि निरन्तर रहने जनाएको छ। सोमबार राति जारी विज्ञप्तिमा आन्दोलनकारीहरूले सरकारको दमनबीच पनि आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।आन्दोलनका संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबारको प्रदर्शनमा केही अराजक समूहले घुसपैठ गरेपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन्। तर, ती समूह को थिए भन्ने बारे खुलाइएको छैन। अर्का संयोजक अमित खनालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईं समूहको घुसपैठले हिंसा बढाएको थियो।विज्ञप्तिमा भनिएको छ, “देशभरका युवाहरू भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका छन्। आज मात्रै २० भन्दा बढी युवाले ज्यान गुमाएका छन् र हजारौँ घाइते भएका छन्। यो संयोग होइन, भ्रष्टाचार र दुरव्यवस्थाको प्रतिफल हो।” यादव र गौतमले सरकारको दमनले आन्दोलन कमजोर नहुने चेत...
रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीकाे बुटवलदेखि भैरहवा क्षेत्रभित्र आज अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । बुटवलका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।
५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

Breaking news 2, ताजा अपडेट, समाचार
२३ भदौं, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ । घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाजति घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।बानेश्वरबाट घाइते भएका करिब ५० जनाजतिलाई हामीले एम्बुलेन्समा हालेर विभिन्न अस्पतालमा पुर्‍याएका हौं’ एम्बुलेन्स सेवाको समन्वय गरिरहेका महानगरपालिकाका एक कर्मचारीले भने, ‘उनीहरू सबैजसो गोली लागेर रगताम्य भएका घाइतेहरू हुन् । सामान्य प्रकृतिका घाइतेहरूको संख्या अलग हो ।’ ...
सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

Breaking news 1, समाचार
२३ भदौ, काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । ...