Author: संचार पत्र

समानुपातिकतर्फको मतगणना सकियो, सीट संख्या निर्धारणको गृहकार्य सुरू

समानुपातिकतर्फको मतगणना सकियो, सीट संख्या निर्धारणको गृहकार्य सुरू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंयही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए।समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ । यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ । ...
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
२६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट देखापरेको बीबीसीले जनाएको छ । ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए । तर एक सातामै युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो । ...
आज देशभर बादल, केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशभर बादल, केही ठाउँमा चट्याङसहित वर्षा हुने

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
२६ फागुन, काठमाडौं । आज देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा भने चट्याङ्सहित हल्का वर्षा र हिमपात पनिआज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि केही ठाउँमा हल्का वर्षा र हिमपात हुने पूरुवानुमान गरिएको छ ।बुधबार दिउँसो पनि बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिम...
४ पार्टीको कट्यो थ्रेसहोल्ड, श्रम संस्कृति नजिकै

४ पार्टीको कट्यो थ्रेसहोल्ड, श्रम संस्कृति नजिकै

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन् । श्रम संस्कृति पार्टीको भने बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वपाले ३९ लाख ५० हजार ८१०, कांग्रेसले १३ लाख ३० हजार १०१, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ७९ हजार ६२६ मत पाएको छ । श्रम संस्कृति पार्टीको २ लाख ८७ हजार ६४५ मत प्राप्त गरेको छ ।निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ १ करोड ९ लाख मत खसेको थियो । समानुपातिक तर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । समानुपातिक तर्फ सिट पाउन कूल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने संवैधानिक व्यवस्थालाई नै थ्रेसहोल्ड भनिन्छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ जना भने प्रत...
समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ । अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक श्रम संस्कृति पार्टीले पनि थ्रेसहोल्ड कटाएका छन् । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममै छ । किनभने गणना गर्न बाँकी २५ लाख भन्दा बढी मतमा उनीहरुको अनुपात त्यही कायम हुने कि घट्ने भन्ने टुंगो छैन । गन्न बाँकी मतमा उनीहरुको अनुपात घटेर तीन प्रतिशत भन्दा कम भएमा भने उनीहरु थ्रेसहोल्डको सीमा नकटाएर सीट दाबी गर्न नपाउने अवस्थामा पुग्छन् । करिब ७५ लाख ४० हजार मतगणना सम्पन्न भएकोमा रास्वपाले ३५ लाख ५७ हजार मत पाएको छ । जुन करिव साढे ४८ प्रतिशत हो । शुरुको भन्दा मत अनुपात केही घटेकाले उसले ५८ सिट पाउनेछ ।कांग्रेसले १२ लाख ३३ हजार मत पाएको हो । २० सिट पाउ...
तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा चलाउन सिफारिस

तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा चलाउन सिफारिस

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले जाँचबुझ प्रतिवेदन बुझाएको छ । करिब ५ महिना घटनाबारे छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले गल्ती गरेकाहरूलाई कारबाहीको सिफारिस गरिएको बताए ।  सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘जसले गल्ती गरेको छ, उसलाई कारबाही हुन्छ हामीले कारबाहीको सिफारिस गरेका छौँ ।’ प्रतिवेदन ९ सय भन्दा धेरै पेजको र अनुसूचीहरू पनि रहेको शर्माले बताए । आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे छानबिन गरेको थियो । आयोगले भदौ २३ मा भएको घटना र २४ मा भएको घटनाबारे छुट्टाछुट...
सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

Breaking news 2, ताजा अपडेट, राजनीति
२४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् । ...
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२४ फागुन, काठमाडौं । गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हुन् ।प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो । जेनजी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगक...
दार्चुलामा दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार, रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

दार्चुलामा दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार, रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२१ फागुन, दार्चुला । जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् ।  यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे । गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए । उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेक...

देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए । ...