Author: संचार पत्र

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

विदेश
२९ माघ, काठमाडौं । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८  हजार नाघेको छ  भने हजारौँ घाइते भएका छन् । टर्कीएमा मात्रै २४  हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५  जनाले ज्यान गुमाएको तठ्ठ्यांक छ ।मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाक...
लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, भोलि शपथ

लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, भोलि शपथ

Breaking news 1, स्थानीय
२८ माघ,बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लिला गिरीले सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गर्नुका साथै मन्त्रीहरुको कार्य विभाजन गरेका हुन् ।पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको हो । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले विज्ञप्तिमार्फत जनाएका छन् ।पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् । कार्यविभाजन अनुसार माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिला मन्त्रालय,नेकपा एमालेका चेतनारायण आचार्य खानेपानी,ग्रामीण तथा शहरी विकास मन्त्रालय, माओवादी केन्द्रका इन्द्रज...
पिउनेपानी गुणस्तरिय र सर्वसुलभ हुनुपर्ने सरोकारवालाको भनाई

पिउनेपानी गुणस्तरिय र सर्वसुलभ हुनुपर्ने सरोकारवालाको भनाई

ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, २८ माघपिउने पानीको समस्या समाधान दीर्घकालिन रुपमा गर्न एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै विकासका लागि सकारात्मक सोच जरुरी रहेको बनाए । सुकुम्बासी, कोरिडोरको समस्या, आर्थिक राजधानी निर्माण गर्ने जस्ता धेरै चुनौतिहरु रहेको भन्दै यसको लागि तीन तहकै सरकार लाग्ने उनले बताए ।कार्यक्रममा संस्थाको परिचय बोकेको स्मारिका समेत प्रकाशन गरिएको छ । यसैगरि टोलका जेष्ठ नागरिक खेम बहादुर टोमाटो, नारायणी बिकलाई दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरि तिलोत्तमा माबिमा कक्षा ८ मा अध्ययरत बिनोद दमाई र उजिरसिह माबि कक्षा ४ का अध्ययरत विकास बिकलाई छात्रवृति प्रदान गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष बिरमान लामाले समुदायमा शुद्ध ...
प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि सबै अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि सबै अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

Breaking news 1
काठमाण्डौ – प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् आफ्ना आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथलाल सिंह लगायत अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले भोलि देशभरका सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रपतिको सुरक्षाका नाममा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्नु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन र बिरामीको जीवनसँगको खेलबाड भएको चिकित्सक संघले जनाएको छ । लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीको नाममा घण्टौँ जाम गरेर ...
स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

Breaking news 2, खेलकुद, मनोरञ्जन
बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न प्रतियोगितामा जिल्ला भलिबल संघ स्याङजा विजय भएको छ । जिल्ला भलिबल संघ नवलपुरलाई पराजित गर्दै स्याङजाले रनिङशिल्ड उचाल्न सफल भएको हो । उपाधिसँगै स्याङजाले १ लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । योसँगै जिल्ला भलिबल संघले ५ औं पटक मणिमुकुन्द भलिबल कपको उपाधि चुप्न सफल भएको हो । जिल्ला भलिबल संघ स्याङजाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्न सफल भएको हो । उसले खेलको पहिलो सेट २३–२५ ले गुमाए पनि त्यसपछिका ३ वटा सेट लगातार आफ्नो पक्षमा पार्न सफल भएको हो । एक सेटको खेलपछि आफूलाई लयमा फर्काएको स्याङ्जाले २५–१३, २५–१३, २५–२३ र २५–१६ को अंकमा जित निकाल्न सफल भएको हो । फाइनल प्रतियोगितामा स्याङजाका टिम क्याप्टेन हरी पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी शनिबार नै तेस्रो स्थानका ...
राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना

राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना

Breaking news 1, समाचार
काठमाण्डाै - राष्ट्रपतिको सवारीको बेला सडक खाली गरेर नागरिकलाई सास्ती दिएको भन्दै चौतर्फी आलोचना भएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराइएको थियो । सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको र वीर अस्पताल अगाडि डाक्टरलाई प्रहरीले कुटेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । राष्ट्रपतिको सवारी हुँदा नागरिकले सास्ती खेप्नुपर्ने प्रवृत्ति नदोहोर्याउन सामाजिक सञ्जालमार्फत् धेरैले माग गरेका छन् । यसअघि पनि राष्ट्रपतिको सवारीमा सडक खाली गराइँदा नागरिकले विरोध गर्दै आएका थिए । नागरिकलाई सास्ती नहुने गरी सवारी चलाउन पटकपटक माग हुँदै आए पनि सरकार र सुरक्षा निकायले बेवास्ता गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिमा विशिष्...
मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, स्थानीय
बुटवल,२८ माघ ।  रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज हुंदैछ । तिलोत्तमा–२ स्थित तिलोत्तमा क्यापस छेउको क्लबको खेल मैदानमा दिउसो १ बजे हुने फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने छ ।फाइनल अघि विहान १० बजेदेखि तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण...
अख्तियारको स्थापना दिवस : ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’

अख्तियारको स्थापना दिवस : ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’

Breaking news 3, ताजा अपडेट
काठमाण्डाै - ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ अख्तियार   दुरुपयोग  अनुसन्धान  आयोगले  आज ३२ औँ स्थापना दिवस मनाउँदैछ । सार्वजनिक पद धारण गरेका   व्यक्तिले    भ्रष्टाचार    गरी   अख्तियारको  दुरुपयोग गरेको  सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण  भूमिका  निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो । आयोगको   काठमाण्डौको टङ्गालमा रहेको  केन्द्रीय  कार्यालयसहित  आठवटा  मातहतका  कार्यालय  रहेका छन्  ।  आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ । आयोगले गरेका काम सङ्ख्यात्मक रुप...
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने काेसिस जारी छ : उपमहासचिव ज्ञवाली

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने काेसिस जारी छ : उपमहासचिव ज्ञवाली

Breaking news 2
काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने कोसिस जारी रहेको बताउनुभएकाे छ । आज बिहीवार पार्टीकाे सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै उपमहासचिव ज्ञवालीले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुःखद विषय हो । यसमा समीक्षा हुँदै गर्ला । त्यो पार्टीका सभापति रवि लामिछानेजीले नागरिकता पुनः प्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटि गर्नुभएको कारणले उहाँकाे पद रिक्त हुन गयो । त्यसले उत्पन्न भएको समस्या देखिन्छ । तर पनि हामीले पुस १० गते यो नयाँ कोर्स निर्माण गरिरहँदा र पछि मन्त्रीमण्डल विस्तार गरिरहँदा जुन ढङ्गले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसाबले गृह मन्त्रा...
सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त

सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त

Breaking news 1
२६ माघ, धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि  विश्वासको मत पाउन नसकेका हुन् । रावल पदमुक्त भएपछि  प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र व...