राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने काेसिस जारी छ : उपमहासचिव ज्ञवाली


काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने कोसिस जारी रहेको बताउनुभएकाे छ । आज बिहीवार पार्टीकाे सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै उपमहासचिव ज्ञवालीले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुःखद विषय हो । यसमा समीक्षा हुँदै गर्ला । त्यो पार्टीका सभापति रवि लामिछानेजीले नागरिकता पुनः प्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटि गर्नुभएको कारणले उहाँकाे पद रिक्त हुन गयो । त्यसले उत्पन्न भएको समस्या देखिन्छ । तर पनि हामीले पुस १० गते यो नयाँ कोर्स निर्माण गरिरहँदा र पछि मन्त्रीमण्डल विस्तार गरिरहँदा जुन ढङ्गले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसाबले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्याे भन्ने हामीलाई लाग्छ । त्यसो गरेर भए पनि उहाँहरूलाई सरकारमा होल्ड गरिराख्नुपर्थ्याे । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो, त्याे उहाँहरूको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो । त्यसलाई आधार बनाएर उहाँहरू बाहिरिनुभएको छ । तर बाहिरिए पनि सरकारलाई उहाँहरूको समर्थन कायम नै छ । हाम्रो तर्फबाट उहाँहरूलाई त्यो विश्वासमा कायमै राख्ने र एउटा उपयुक्त वातावरण बनाएर सरकारमा फर्काउने कोसिस जारी छ ।’उपमहासचिव ज्ञवालीले जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोसिस जारी भएको उहाँले बताउनुभयो । फरक–फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीलाई समाधान गर्न सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारूढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पार्नुभयो । एमालेले गठबन्धन टिकाउने सङ्कल्प गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...