स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता


बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न प्रतियोगितामा जिल्ला भलिबल संघ स्याङजा विजय भएको छ । जिल्ला भलिबल संघ नवलपुरलाई पराजित गर्दै स्याङजाले रनिङशिल्ड उचाल्न सफल भएको हो । उपाधिसँगै स्याङजाले १ लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । योसँगै जिल्ला भलिबल संघले ५ औं पटक मणिमुकुन्द भलिबल कपको उपाधि चुप्न सफल भएको हो ।

जिल्ला भलिबल संघ स्याङजाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्न सफल भएको हो । उसले खेलको पहिलो सेट २३–२५ ले गुमाए पनि त्यसपछिका ३ वटा सेट लगातार आफ्नो पक्षमा पार्न सफल भएको हो । एक सेटको खेलपछि आफूलाई लयमा फर्काएको स्याङ्जाले २५–१३, २५–१३, २५–२३ र २५–१६ को अंकमा जित निकाल्न सफल भएको हो । फाइनल प्रतियोगितामा स्याङजाका टिम क्याप्टेन हरी पाण्डे उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी शनिबार नै तेस्रो स्थानका लागि भएको प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत विजयी भएको थियो । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो बन्न सफल भएको हो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले पहिलो सेट २४–२६ मा गुमाए पनि त्यसपछिका ३ वटा सेटमा लगातार जित दर्ता गरेको हो । उसले २५–१६, २५–१८ र २५–२१ को अंकसहित जित निकालेको हो । प्रतियोगितामा पर्वतका सन्तोष श्रेष्ठ म्याद अफ दि म्याच घोषित भएका छन् । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद राशी ५५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी पराजित भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजारमा चित्तबुझाउनु परेको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडी बन्दै जिल्ला भलिबल संघ स्याङजाका सञ्जुविक्रम शाहले नगद १० हजारसहित कप तथा प्रमाणपत्रले सम्मानित भएका छन् । यसैगरी विधागत तर्फका बेस्ट सेटरमा जिल्ला भलिबल संघ पर्वतका सुवास कुंवर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर जिल्ला भलिबल संघ स्याङजाका राजन दर्लामी, बेस्ट ब्लकर नवलपुरका सन्तोष राना, वेस्ट स्पाइकर नवलपुरका अशोक श्रेष्ठ, वेस्ट सर्भर स्याङजाका विजय थापा, अनुशासित खेलाडी स्याङजाका सुदिप राना हुन सफल भएका छन् । यस्तै वेस्ट कोचका रुपमा पनि स्याङजाकै अमृत केसी बन्न सफल भए । उनीहरुले जनही नगद ५ हजार पुरस्कार राशीसहित कप र मेडल प्राप्त गरेका छन् ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...