राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना


काठमाण्डाै – राष्ट्रपतिको सवारीको बेला सडक खाली गरेर नागरिकलाई सास्ती दिएको भन्दै चौतर्फी आलोचना भएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराइएको थियो ।

सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको र वीर अस्पताल अगाडि डाक्टरलाई प्रहरीले कुटेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको सवारी हुँदा नागरिकले सास्ती खेप्नुपर्ने प्रवृत्ति नदोहोर्याउन सामाजिक सञ्जालमार्फत् धेरैले माग गरेका छन् । यसअघि पनि राष्ट्रपतिको सवारीमा सडक खाली गराइँदा नागरिकले विरोध गर्दै आएका थिए । नागरिकलाई सास्ती नहुने गरी सवारी चलाउन पटकपटक माग हुँदै आए पनि सरकार र सुरक्षा निकायले बेवास्ता गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिमा विशिष्ट सवारीका बेला सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइने भनिए पनि सडक खाली गराएर सवारी गर्ने विषय उल्लेख छैन ।

राष्ट्रपतिलगायत अति विशिष्टको सवारीबाट सडकमा अनावश्यक चाप हुन नदिन सडकको एउटा लेन मात्रै खाली गराउने, त्यो पनि सवारी सकिनेबित्तिकै पूरै सडक खुलाउने बहस हुँदै आए पनि यसको कार्यान्वयन भएको छैन । 

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...