राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना


काठमाण्डाै – राष्ट्रपतिको सवारीको बेला सडक खाली गरेर नागरिकलाई सास्ती दिएको भन्दै चौतर्फी आलोचना भएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराइएको थियो ।

सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको र वीर अस्पताल अगाडि डाक्टरलाई प्रहरीले कुटेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको सवारी हुँदा नागरिकले सास्ती खेप्नुपर्ने प्रवृत्ति नदोहोर्याउन सामाजिक सञ्जालमार्फत् धेरैले माग गरेका छन् । यसअघि पनि राष्ट्रपतिको सवारीमा सडक खाली गराइँदा नागरिकले विरोध गर्दै आएका थिए । नागरिकलाई सास्ती नहुने गरी सवारी चलाउन पटकपटक माग हुँदै आए पनि सरकार र सुरक्षा निकायले बेवास्ता गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिमा विशिष्ट सवारीका बेला सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइने भनिए पनि सडक खाली गराएर सवारी गर्ने विषय उल्लेख छैन ।

राष्ट्रपतिलगायत अति विशिष्टको सवारीबाट सडकमा अनावश्यक चाप हुन नदिन सडकको एउटा लेन मात्रै खाली गराउने, त्यो पनि सवारी सकिनेबित्तिकै पूरै सडक खुलाउने बहस हुँदै आए पनि यसको कार्यान्वयन भएको छैन । 

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...