पिउनेपानी गुणस्तरिय र सर्वसुलभ हुनुपर्ने सरोकारवालाको भनाई


बुटवल, २८ माघ
पिउने पानीको समस्या समाधान दीर्घकालिन रुपमा गर्न एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै विकासका लागि सकारात्मक सोच जरुरी रहेको बनाए । सुकुम्बासी, कोरिडोरको समस्या, आर्थिक राजधानी निर्माण गर्ने जस्ता धेरै चुनौतिहरु रहेको भन्दै यसको लागि तीन तहकै सरकार लाग्ने उनले बताए ।
कार्यक्रममा संस्थाको परिचय बोकेको स्मारिका समेत प्रकाशन गरिएको छ । यसैगरि टोलका जेष्ठ नागरिक खेम बहादुर टोमाटो, नारायणी बिकलाई दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरि तिलोत्तमा माबिमा कक्षा ८ मा अध्ययरत बिनोद दमाई र उजिरसिह माबि कक्षा ४ का अध्ययरत विकास बिकलाई छात्रवृति प्रदान गरिएको छ ।


कार्यक्रममा संस्थाका अध्यक्ष बिरमान लामाले समुदायमा शुद्ध खानेपानी पुर्याउने अभियानमा आफुहरु सफल भएको बताए । उपभोक्ताहरुलाई साप्ताहिक सरसफाई र सचेतनामा सहभागी गराई कार्यक्रम गर्दैआएको, ओभरहेड टंकि निर्माणमा पहल गरेको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले दुई मोडलमा खानेपानी वितरण भैरहेको बताए । समिति र खानेपानी संस्थानमार्फत वितरण भैरहेको उनले बताए । नगरको खानेपानीलाई ब्यवस्थापन गर्न जलश्रोत सम्बन्धि ऐन पालिकाले तैयार गरेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमल भट्टराई, गौतम बुद्घ हस्पिटलका एजाज आलम, वडा न ६ वडा सदस्य चीन बहादुर श्रेष्ठ, वडा नं ६ का निवर्तमान अध्यक्ष जगदिशचन्द्र आचार्य, निर्वाचन समितिका संयोजक बलराम न्यौपाने, सुन्दरशान्ति टोल विकास संस्थाका अध्यक्ष पुर्ण बहादुर बिक, युनाईटेड मिसन टु नेपालका चेलि गुरुङ, संस्थाका सहसचिव ध्रुवराज खनालले सुन्दर नगरमा खानेपानी र सरसफाईको विकाससंगै अमुल्य पिउने पानीको महत्वलाई बुझाउने गरि कार्यक्रमहरु बनाउन सुझाव दिए । संस्थामा ५ सय ९७ घरधुरीमा धारा जडान भएको छ । यसैगरि ४ स्थानमा सार्वजनिक धारा जडान गरि सेवा दिईएको छ ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...