पिउनेपानी गुणस्तरिय र सर्वसुलभ हुनुपर्ने सरोकारवालाको भनाई


बुटवल, २८ माघ
पिउने पानीको समस्या समाधान दीर्घकालिन रुपमा गर्न एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै विकासका लागि सकारात्मक सोच जरुरी रहेको बनाए । सुकुम्बासी, कोरिडोरको समस्या, आर्थिक राजधानी निर्माण गर्ने जस्ता धेरै चुनौतिहरु रहेको भन्दै यसको लागि तीन तहकै सरकार लाग्ने उनले बताए ।
कार्यक्रममा संस्थाको परिचय बोकेको स्मारिका समेत प्रकाशन गरिएको छ । यसैगरि टोलका जेष्ठ नागरिक खेम बहादुर टोमाटो, नारायणी बिकलाई दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरि तिलोत्तमा माबिमा कक्षा ८ मा अध्ययरत बिनोद दमाई र उजिरसिह माबि कक्षा ४ का अध्ययरत विकास बिकलाई छात्रवृति प्रदान गरिएको छ ।


कार्यक्रममा संस्थाका अध्यक्ष बिरमान लामाले समुदायमा शुद्ध खानेपानी पुर्याउने अभियानमा आफुहरु सफल भएको बताए । उपभोक्ताहरुलाई साप्ताहिक सरसफाई र सचेतनामा सहभागी गराई कार्यक्रम गर्दैआएको, ओभरहेड टंकि निर्माणमा पहल गरेको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले दुई मोडलमा खानेपानी वितरण भैरहेको बताए । समिति र खानेपानी संस्थानमार्फत वितरण भैरहेको उनले बताए । नगरको खानेपानीलाई ब्यवस्थापन गर्न जलश्रोत सम्बन्धि ऐन पालिकाले तैयार गरेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमल भट्टराई, गौतम बुद्घ हस्पिटलका एजाज आलम, वडा न ६ वडा सदस्य चीन बहादुर श्रेष्ठ, वडा नं ६ का निवर्तमान अध्यक्ष जगदिशचन्द्र आचार्य, निर्वाचन समितिका संयोजक बलराम न्यौपाने, सुन्दरशान्ति टोल विकास संस्थाका अध्यक्ष पुर्ण बहादुर बिक, युनाईटेड मिसन टु नेपालका चेलि गुरुङ, संस्थाका सहसचिव ध्रुवराज खनालले सुन्दर नगरमा खानेपानी र सरसफाईको विकाससंगै अमुल्य पिउने पानीको महत्वलाई बुझाउने गरि कार्यक्रमहरु बनाउन सुझाव दिए । संस्थामा ५ सय ९७ घरधुरीमा धारा जडान भएको छ । यसैगरि ४ स्थानमा सार्वजनिक धारा जडान गरि सेवा दिईएको छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...