मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै


बुटवल,२८ माघ ।  रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज हुंदैछ । तिलोत्तमा–२ स्थित तिलोत्तमा क्यापस छेउको क्लबको खेल मैदानमा दिउसो १ बजे हुने फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने छ ।
फाइनल अघि विहान १० बजेदेखि तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।
शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।
विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैरी बेस्ट सटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । खेल अवलोकनका लागि दर्शकको चाप अत्यधीक भएको र प्याराफिटमा सिट सीमित भएको आयोजकले जनाएका छन् ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...