Author: संचार पत्र

दुर्गा फरार, रविन्द्र र धवल प्रहरी नियन्त्रणमा

दुर्गा फरार, रविन्द्र र धवल प्रहरी नियन्त्रणमा

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१६ चैत, काठमाडौं । राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका उच्च तहका नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ । प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी राति अबेरसम्म पनि भेटिएका छैनन् ।प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ । ...
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
१५ चैत, काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।‘राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ । कर्फ्यु पनि लाग्दैछ’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो ।५/१० जनाको समूह जम्मा हुने र जत्तातत्ते आगो लगाउँदै हिँड्ने गरेको देखिएको गृहले जनाएको छ । ...
तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

Breaking news 1, ताजा अपडेट, स्थानीय
१५ चैत, काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् । ...
प्रतिनिधिसभाकाे बैठक आइतवार बस्ने

प्रतिनिधिसभाकाे बैठक आइतवार बस्ने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक पर्सि आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा १ मा बस्नेगरी संसद् सचिवालयले सूचना टाँस गरेको थियो । त्यस्तै सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग सभामुख देवराज घिमिरेले छलफल पनि गर्नुभएको थियो । तर सहमति जुट्न सकेन । प्रतिपक्ष दलहरूले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । ...
प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक

प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार
तस्वीर अनलाइन खबर बाट साभार १५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ ।आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।  अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेकाे स्थिति नियन्त्रणको प्रयास भइरहेको बताए । ...
तीनकुनेमा राजावादी समूह र प्रहरीबीच झडप

तीनकुनेमा राजावादी समूह र प्रहरीबीच झडप

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डाै – काठमाण्डौमा आज दुई वटा छुट्टाछुट्टै प्रदर्शन भएको छ । राजावादी समूहले तीनकुनेमा र गणतन्त्रवादीले भृकुटीमण्डपमा प्रदर्शनसहित सभा गरेका छन् । नकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । राजावादी समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।प्रहरीले पानीको फोहोरा, अश्रुग्यास प्रहार र हवाई फायरसमेत गरेपछि प्रदर्शन प्रभावित भएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएका छैनन् । तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिका घरमा ढुङ्गा हानेर सिसा फुटाउँदै आगाे लगाइदिएका छन् । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंसँग मिलेर प्रदर्शन गरेको हो । त्यस्तै भृकुटीमण्डपमा...
तीनकुनेको घरमा आगजनी

तीनकुनेको घरमा आगजनी

Breaking news 1, अपराध, ताजा अपडेट
१५ चैत, काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन ।यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । ...
औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
https://www.onlinekhabar.com/markets/components/trending औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली 0 2.5KShares  अनलाइनखबर  २०८१ चैत १५ गते १०:४० १५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाएको छ । अब सबै प्रकारका ग्राहकहरुकहाँ २४ सै घन्टा विद्युत् आपूर्ति गरिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलले बताए । भारतले  १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै बिजुली आयात गर्न दिन थालेपछि प्राधिकरणले दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो । स्थानविशेष अनुसार ६ घन्टादेखि १२ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएको शाक्यले बताए । तर औद्योगिक क्षेत्रका ग्राहकहरु...
काठमाण्डौका सडकमा गाडी आवतजावत सामान्य, ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी

काठमाण्डौका सडकमा गाडी आवतजावत सामान्य, ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डौ १५ चैत – काठमाण्डौ उपत्यकाका सडकमा बिहानपख गाडीको आवतजावत सामान्य छ । बिहानपख कहीँ कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर दिउँसो १२ बजेपछि ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी भएकाले सडकमा अवरोध हुन सक्ने सम्भावना छ । आज समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका छन् । काठमाण्डौ प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ । बिहान एसईई भएकाले दिउँसो १२ बजेपछि मात्रै प्रदर्शन गर्ने दुवै समूहको तयारी छ । समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्‍याली शुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने जनाएको छ । मोर्चामा आबद्ध दलले छुट्टाछुट्टै ठाउँबाट र्‍याली निकाल्दैछन् । माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्दैछ । नेपाल समाजव...
चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै, जात्रालाई अवरोध हुने गरी प्रदर्शन नगर्न आग्रह

चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै, जात्रालाई अवरोध हुने गरी प्रदर्शन नगर्न आग्रह

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ । यो चाडलाई काठमाण्डौमा नेवार समुदायले दशैँ र तिहारजस्तै मनाउँदै आएका छन । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खाने गरिन्छ । पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ । यस...