Tag: sancharpatra

तराईका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

ताजा अपडेट, समाचार
२८ साउन, वीरगञ्ज । आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेश प्रदेशमा कुल १३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेस नगरेका पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् । ...

उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई

Breaking news 1, समाचार
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो । उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन् । उपयुक्त समयमा पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइने कांग्रेसले बताएको छ । ...
स्वास्थ्य मन्त्रालयमा अब चार अतिरिक्त स्वास्थ्य सचिव

स्वास्थ्य मन्त्रालयमा अब चार अतिरिक्त स्वास्थ्य सचिव

ताजा अपडेट, समाचार
२६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौँंं तह) हरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले बताए । स्वास्थ्यमा १२ औं तहका प्रमुख विशेषज्ञ चार जना छन् । डा. दीपेन्द्ररमण सिंह, डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी र डा. संगिता मिश्रा प्रमुख विशेषज्ञको जिम्मेवारीमा थिए । सरकारको यो निर्णयसँगै अब उनीहरु स्वास्थ्यका अतिरिक्त स्वास्थ्य सचिव हुनेछन् । ‘धेरै समयअघि १२ औं तहका चिकित्सकलाई विशेष सचिव पद दिइको रहेछ । तर, त्यसलाई पछि परिवर्तन गरेर प्रमुख विशेषज्ञ बनाइएको रहेछ,’ मन्त्री खापुङले अनलाइखबरसँग भने, ‘१२ औं तहका कर्मचारी पनि विशिष्ट श्रेणी सचिव सरहको पद हो । प्रमुख विशेषज्ञ भन्ने शब्द...
कृष्णहरि पुष्कर बने अर्थ सचिव, राजस्वमा दंगाल

कृष्णहरि पुष्कर बने अर्थ सचिव, राजस्वमा दंगाल

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको एक मन्त्रीले जानकारी दिए । ...