पार्टीकै नेता मिलाउन चुनौती छ : प्रचण्ड


२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको निष्कर्ष सुनाएका छन् ।

शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताएका हुन् ।

माओवादीका नेताहरू एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु ।’

नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनको जिकिर छ । मधेसमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डले बताए । ‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ’, उनले भने ।

प्रचण्डले स्थानीय तहको निर्वाचनमा १७५ तह जित्ने अनुमान रहेको भए पनि पार्टीभित्रैको अन्तरविरोधका कारण ५० सिट गुमाएको बताए । ‘यो अरु कुनै कारणले, जनताले विश्वास नगरेर होइन, बरु हामीभित्रैको अन्तरविरोधका कारण हामीले नै जनतालाई विभाजन गर्न पुग्दा हार्न पुग्यौं,’ उनले भने ।

छुटाउनुभयो कि ?

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब...
साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...