Tag: sancharpatra

बुटवल-बर्दघाट विद्युत प्रसारण लाइन आजदेखि ४ घण्टा बन्द, डिमाण्ड चार्ज छुट दिन उद्योगीको माग

बुटवल-बर्दघाट विद्युत प्रसारण लाइन आजदेखि ४ घण्टा बन्द, डिमाण्ड चार्ज छुट दिन उद्योगीको माग

Breaking news 1
२६ माघ, बुटवल । बुटवल-बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा बिहीबार (आज) देखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द (सट डाउन) गर्न लागेको हो ।नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र मैनहिया (रुपन्देही) सब स्टेशनहरुबाट सञ्चालित औद्योगिक क्षेत्र तथा गाह्रस्थ उपभोक्ताहरु प्र्रभावित हुने प्राधिकरणले जनाएको छ ।प्रसारण लाइन सटडाउन हुँदा बुटवल औद्योगिक क्षेमा रहेका ६५ सहित देवदह, सुनवल, भुमही र बर्दघाट...
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

Breaking news 1, ताजा अपडेट
२५ माघ, दाङ ।  लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे । योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् । प्रतिनिधि सभा तथा संविधान सभामा गरी तीन पटक चुनाव हारेका  उनी थुप्रै उतारचढावबीच राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । शिक्षक हुँदै माननीयसम्म २०२३ सालमा रोल्पाको तत्कालीन सैवाङ गाविसको डुबिडाडामा जन्मिएका दसौंदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ०४१ सालमा नेकपा कम्यूनिष्ट पार्टीमा आवद्ध भएका उनी ०४३ सालपछि शिक्षण पेशा लागे । उनले गाउँकै सैवाङ माविबाट अ...
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

Breaking news 1, स्थानीय
२१ माघ, गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्म्ेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो । टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो । गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्...
अर्घाखाँचीमा लागू औषध मुद्दामा फरार अभियुक्त ५ बर्षपछि पक्राउ

अर्घाखाँचीमा लागू औषध मुद्दामा फरार अभियुक्त ५ बर्षपछि पक्राउ

Breaking news 1, स्थानीय
अर्घाखाँची । अर्घाखाँची जिल्लामा लागू औषध मुद्दामा फरार अभियुक्त ५ बर्षपछि पक्राउ परेका छन् ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेशिका २९ बर्षिय मनोज अधिकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मंगलबार पक्राउ गरेको हो । जिसिलाइ सन्धिखर्क स्थित एक होटलमा रहेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।जिसिलाइ पक्राउ गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।उनलाइ २०७४ चैत ६ गते जिल्ला अदालत अर्घाखाँचीले लागू औषध मुद्दामा दोषी ठहर गरी २ महिना कैद र दुई हजार जरीवाना तोकिएकोमा उनी फरार थिए । ...
बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने

Breaking news 2, समाचार, स्थानीय
बुटवल । बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँले बताउनुभयो । उहाँले सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तरराष्ट्रिय...
क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

Breaking news 1, खेलकुद
काठमाण्डाै – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको क्यान स्रोतले जनाएको छ । निलम्बन फुकुवाबारे क्यानले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टोलीमा समावेश गर्ने वा नगर्नेबारे स्पष्ट भइसकेको छैन । क्यानको हिजोको बैठकमा ७ जना सदस्यले कार्यसम्पादन समितिको विषयमा असन्तुष्टि समेत व्यक्त गरेका छन् । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई गएको भदौ २३ मा निलम्बन गरेको थियो । उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी पुस २९ मा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनलाई पुर्पक्षको लागि धरौटी...
राष्ट्रपति चयन र गृह मन्त्रालयको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद बढ्दै

राष्ट्रपति चयन र गृह मन्त्रालयको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद बढ्दै

Breaking news 1
काठमाण्डाै - निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट सुरु हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने बताइरहनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सहमति अनुसार राष्ट्रपति एमालेलाई नै दिनु पर्ने अडान राख्नु भएको छ । उहाँले एमाले बाहेकका उम्मेदवारमा सहमति हुने सम्भावना नरहेको बताउनु भएको छ । तर, माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमा नै जोड दिइरहेकाले एमाले सशङ्कित बनेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले  पनि राष्ट्रिय सहमति अनुसार नै राष्ट्रपति चयन गर्नु पर्ने धारणा राखेपछि एमाले सशङ्कित भएको हो । यस्तै, पद मुक्त भएका ...
हिउँदे वर्षा नहुँदा बाली उत्पादनमा असर, सरकारले सिफारिस गरेका बाली नै जाेखिममा

हिउँदे वर्षा नहुँदा बाली उत्पादनमा असर, सरकारले सिफारिस गरेका बाली नै जाेखिममा

Breaking news 2, बिज्ञान प्रबिधि, माैसम
काठमाण्डाै - यसवर्षको हिउँदमा अहिलेसम्म पनि पानी नपरेका कारण हिउँदे बालीको उत्पादनमा असर पर्ने भएको छ । गएको वर्ष मंसिर, पुस र माघमा आवश्यक वर्षा भएकाले उत्पादनमा खासै समस्या भएको थिएन । तर यस वर्ष केही ठाउँमा छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात बाहेक जमिन भिज्ने गरी पानी परेको छैन । मध्यमाघ सकिँदा पनि पानी नपरेपछि गहुँ, तोरी, हिउँदे मकै तथा फलफूलको उत्पादनमा असर पर्ने देखिएको नार्कको योजना महाशाखाका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक टेकप्रसाद गोतामेले बताउनुभयो । उहाँका अनुसार सुक्खापन र खडेरी बढ्दै जाने हो भने कृषि उत्पादनमा दीर्घकालीन असर देखिनेछ । यो बेला सिँचाइ नभएका क्षेत्रमा गहुँ तथा तोरी र तरकारी/फलफूल राम्रो उत्पादन नहुने हुँदा यसले समग्र किसानको आयआर्जन नै घट्ने देखिएको छ । त्यस्तै आउँदा दिनमा सरकारले सिफारिस गरेका बालीका जातहरु नै उत्पादन अ...
जनज्योतिले मनायो ३५ औं वार्षिकोत्सब

जनज्योतिले मनायो ३५ औं वार्षिकोत्सब

Breaking news 1, ताजा अपडेट, स्थानीय
कञ्चन रुपन्देहीको कञ्चन गाउपालीका वाड न १ दानापुर मा रहेको जनज्योति माध्यमिक बिद्यालय को ३५ औं वार्षिकोत्सब सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल ले शिक्षा बिना परिवर्तन संभब नहुनेभएका ले गुणस्तरीय शिक्षा सगै भौतिक बिकासमा गाउँपालिका लागि परेको बताउदै बिद्यालय को ३५ औं वार्षिकोत्सब को अवसरमा शुभकामना दिनु भयो।विशिष्ट अतिथि वडा न १का वडा अध्यक्ष हरिनारायण थारु , सामाजिक शिक्षा संयोजक कार्यपालिका सदस्य चित्रलाल तुलाचन ,बिद्यालय ब्यबस्थापन समिति सल्लाहकार लोक बहादुर भुजेल, संथापक प्राचार्य प्रेम बहादुर थापा, वडा सदस्य लेखा राहादी, लगाएतले बिद्यालयको बारेमा शुभकामना दिदै गुणस्तरीय शिक्षा निर्माणको लागी अभिभावक बिद्यार्थी शिक्षक सबै जिम्मेवारी हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बिद्यालयका प्राचार्य पुजेन्द्र श्रीस ले बिद्यालयको आर्थिक...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

ताजा अपडेट
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनले सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुमाएका थिए । रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहेको बताएको छ । ...