राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित


२५ माघ, दाङ ।  लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे । योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् । प्रतिनिधि सभा तथा संविधान सभामा गरी तीन पटक चुनाव हारेका  उनी थुप्रै उतारचढावबीच राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शिक्षक हुँदै माननीयसम्म

२०२३ सालमा रोल्पाको तत्कालीन सैवाङ गाविसको डुबिडाडामा जन्मिएका दसौंदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ०४१ सालमा नेकपा कम्यूनिष्ट पार्टीमा आवद्ध भएका उनी ०४३ सालपछि शिक्षण पेशा लागे ।

उनले गाउँकै सैवाङ माविबाट अध्यापनमा सुरु गरे । त्यसपछि ०४८/०४९ सालको शिक्षक/कर्मचारी आन्दोलनको नेतृत्व गरे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले उनलाई शिक्षकबाट निम्बन गर्‍यो ।

०५१ सालपछि उनी शिक्षण छोडेर पूर्णरुपमा राजनीतिमा होमिए । ‘शिक्षकबाट निम्बनमा परेपछि उहाँ पूर्णकालीन राजनीतिमा लाग्नुभयो’, कुनै समय रोल्पाको पार्टीमा सँगै रहेर काम गरेका नेकपा एमालेका नेता एवं तुलसीपुर मेयर टीकाराम खड्काले भने ।दसौंदी ०४६ सालमा बहुदल आएपछि पार्टीसँग जोडिएका थिए । २०५१ सालमा उनी रोल्पाको होलेरीमा भएको प्रथम अधिवेशनमा पार्टीको जिल्ला उपसचिव भए । २०५४ सालमा भएको पार्टी विभाजनपछि उनले सचिव भएर १० वर्ष जिम्मेवारी सम्हाले । द्वन्द्वका बेला तत्कालीन एमालेका इन्चार्ज शंकर पोखरेलले सुरु गरेको शान्ति पदयात्रा अभियानमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।लगातार हार

राजनीतिमा चुनावी हार/जीत स्वभाविक मानिन्छ । तर उनले आफ्नो राजनीतिक जीवनमा भने सबैजसो चुनावमा लगातार हार व्यहोर्नु पर्‍यो । २०५१ सालमा उनी पहिलो पटक रोल्पा २ नम्बर क्षेत्रबाट सांसदमा चुनाव लडेका थिए । त्यसपछि ०५६ साल र ०७० सालको संविधान सभाको चुनाव लडे ।तर उनी यी तीनवटै चुनावमा पराजीत भए ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...