राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित


२५ माघ, दाङ ।  लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे । योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् । प्रतिनिधि सभा तथा संविधान सभामा गरी तीन पटक चुनाव हारेका  उनी थुप्रै उतारचढावबीच राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शिक्षक हुँदै माननीयसम्म

२०२३ सालमा रोल्पाको तत्कालीन सैवाङ गाविसको डुबिडाडामा जन्मिएका दसौंदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ०४१ सालमा नेकपा कम्यूनिष्ट पार्टीमा आवद्ध भएका उनी ०४३ सालपछि शिक्षण पेशा लागे ।

उनले गाउँकै सैवाङ माविबाट अध्यापनमा सुरु गरे । त्यसपछि ०४८/०४९ सालको शिक्षक/कर्मचारी आन्दोलनको नेतृत्व गरे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले उनलाई शिक्षकबाट निम्बन गर्‍यो ।

०५१ सालपछि उनी शिक्षण छोडेर पूर्णरुपमा राजनीतिमा होमिए । ‘शिक्षकबाट निम्बनमा परेपछि उहाँ पूर्णकालीन राजनीतिमा लाग्नुभयो’, कुनै समय रोल्पाको पार्टीमा सँगै रहेर काम गरेका नेकपा एमालेका नेता एवं तुलसीपुर मेयर टीकाराम खड्काले भने ।दसौंदी ०४६ सालमा बहुदल आएपछि पार्टीसँग जोडिएका थिए । २०५१ सालमा उनी रोल्पाको होलेरीमा भएको प्रथम अधिवेशनमा पार्टीको जिल्ला उपसचिव भए । २०५४ सालमा भएको पार्टी विभाजनपछि उनले सचिव भएर १० वर्ष जिम्मेवारी सम्हाले । द्वन्द्वका बेला तत्कालीन एमालेका इन्चार्ज शंकर पोखरेलले सुरु गरेको शान्ति पदयात्रा अभियानमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।लगातार हार

राजनीतिमा चुनावी हार/जीत स्वभाविक मानिन्छ । तर उनले आफ्नो राजनीतिक जीवनमा भने सबैजसो चुनावमा लगातार हार व्यहोर्नु पर्‍यो । २०५१ सालमा उनी पहिलो पटक रोल्पा २ नम्बर क्षेत्रबाट सांसदमा चुनाव लडेका थिए । त्यसपछि ०५६ साल र ०७० सालको संविधान सभाको चुनाव लडे ।तर उनी यी तीनवटै चुनावमा पराजीत भए ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...