गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ


२१ माघ, गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्म्ेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।

टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो ।

गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीको तयारी छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...