समाज

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ । बुधबार भएको उम्मेदवारी दर्तामा सात प्रदेशका विभिन्न क्लस्टरमा ४४ जनाले उम्मेदवारी दिएका छन् ।आयोगले उम्मेदवारीविरुद्ध आज बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको विरुद्ध उजुरी दिन सकिने जानकारी दिएको छ । त्यस्तै आयोगले पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिन सक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक ...
निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो ।निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिएको छ । ...
विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा संलग्न नहुन, काँग्रेसको निर्देशन

विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा संलग्न नहुन, काँग्रेसको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको बताउँदै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता-कार्यकर्तालाई निर्देशन दिएको छ ।काँग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशन विधान विपरीत रहेको बताउँदै विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट गरेको छ ।काँग्रेसले पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई अपिल गरेको छ । ...
सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा

सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । साम्पाङले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो! जय देश !’श्रम संस्कृति पार्टी स्थापना गरपछि उनी राजनीतिक गतिविधिमा सक्रिय छन् । हाल देशका विभिन्न स्थानमा पुगेर उनले संगठन विस्तारलाई तीव्र बनाएका छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचित भएका थिए । उक्त निर्वाचनमा राईले १७ हजार ५९ मत प्राप्त गरेका थिए। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ रहेकी थिइन्। उनले १६ हजार ६०६ मत पाएकी थिइन् । तेस्रो स्थानमा नेकपा (माओवादी...
यी हुन् एमाले-कांग्रेस–जसपा गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार

यी हुन् एमाले-कांग्रेस–जसपा गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ।नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालबीच नै तालमेल गर्नेबारे छलफल भए पनि नेकपा भने अन्तिम समयमा बाहिरिएको थियो।नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले क्रमशः ९, ८ र १ सिट लिने गरी तालमेल गरेका छन्।तदनुसार तीनै दलले उम्मेदवारको टुंगो लगाएका छन्। कांग्रेसले टुंग्याएको सूची अनुसार कोशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। मधेसमा धमेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्। बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्। लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ। सुदूरपश्च...
राष्ट्रियसभा सदस्यको उम्मेदवारीको मनोनयन आज

राष्ट्रियसभा सदस्यको उम्मेदवारीको मनोनयन आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजे...
यि हुन् ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदा

यि हुन् ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित आयोगलाई दिएको जवाफको मुख्य बुँदा पार्टी सचिव महेश बस्नेतले सार्वजनिक गरेका छन्। आइतबार ओलीसँग बयान लिन आयोगको टोली गुण्डुस्थित उनकै निवास पुगेको थियो। आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाले नै स्वीकार गरिसकेका र आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ओलीले आयोगसमक्ष जवाफ दिएका छन्।उक्त टोलीलाई ओलीले दिएका बयानका केही अंश भन्दै मंगलबार पार्टी सचिव महेश बस्नेतले फेसबुकमा सार्वजनिक गरेका हुन्। ओलीले दिएको जबाफका मुख्य बुँदाहरू भन्दै उनले ६ बुँदा सार्वजनिक गरेका हुन्। पहिलो बुँदा, २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई...
नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक जारी

नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक शुरु भएको छ ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको छ । ...
पुराना दलका नेतालाई रबिको कटाक्ष : प्रतिपक्षमा बस्ने सोच बनाएर बस्नुस्

पुराना दलका नेतालाई रबिको कटाक्ष : प्रतिपक्षमा बस्ने सोच बनाएर बस्नुस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गरेका छन् । पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा-मामिलालाई प्रतिशोधको संज्ञा दिए । यस क्रममा उनले शीर्ष नेताप्रति असन्तुष्टि व्यक्त गरे ।‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नु भयो कि तपाईँहरूलाई नपुरी सुखै छैन,’ उनले भने । लामिछानेले पुराना दलहरू एकजुट भएर रास्वपामाथि आक्रमण गरिरहेको आरोप लगाए । निर्वाचन हुन नदिन कसैले षड्यन्त्र नगर्न उनले आग्रह गरे । यसअघि अन्य दललाई मतदान गर्दै आएका मतदातालाई यस पटक रास्वपालाई समर्थन गर्न उनले अपिल गरे । आफूले माया गरेको दललाई एक पटक प्रतिपक्षमा बस्न दिने गरी सोच्न उनले आग्रह गरे । ‘म तपाईंहरू सबैलाई भन्छु । पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस् । पुराना दलका ने...
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।बैठक आज बिहान ११ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिएका छन् ।बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार दर्ताको कार्यतालिका रहेकाले दलहरु चुनावी तालमेल र उम्मेदवार छनौटमा केन्द्रित रहेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले एमाले, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने तयारी गरेको छ ।सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावी तालमेलका लागि भएका छलफल बारे बैठकमा ब्रिफिङ गरेका थिए । ...