राजनीति

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गर्ने भएको छ ।  अमेरिकन सहयोग एमसिसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन गर्ने भएको हो । नेकपाको एमसिसी सरोकार समितिका संयोजक भरत सीले साउन ३० गते देशका मुख्य सहरमा एमसिसी विरुद्ध जनप्रदर्शन गर्न लागेको जनाएका छन्।   ‘एमसिसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसिसी लाद्नु घातक छ । एमसिसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। ...
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौं भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ । यस्तै, भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य विषयक छलफल सत्रको प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्दै छन् । प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यही साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधा...
प्रतिनिधिसभाको बैठक बस्दै, आजै चार संसदीय समितिको बैठक

प्रतिनिधिसभाको बैठक बस्दै, आजै चार संसदीय समितिको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । अन्तरराष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफ...
सरकार कर बक्यौता असुली अभियानमा जुट्नेछ : अर्थमन्त्री पौडेल

सरकार कर बक्यौता असुली अभियानमा जुट्नेछ : अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा जुट्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा तीव्रता ल्याउन र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) नियन्त्रण गर्न व्यापक नीति तथा कार्यक्रम अघि सारिएको जानकारी दिए । सांसद सूर्यप्रसाद गौतमले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले गत आर्थिक वर्ष २०८१/८२ मा कुल रू ११ खर्ब ९६ अर्ब राजस्व सङ्कलन भएको उल्लेख गर्दै चालु आवमा अझ बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व सङ्कलन ११.३३ प्रतिशतले वृद्धि भइरहेको उनको भनाइ थियो । “राजस्व लक्ष्य हासिल गर्न आन्तरिक राजस्व परिचालन रणनीति कार्यान्वयनमा ल्याइएको छ ।...
‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन: रामहरि खतिवडा नैतिक जिम्मेवार

‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन: रामहरि खतिवडा नैतिक जिम्मेवार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ संघीय निजामती सेवा विधेययकमा कुलिङ अफ पिरियडलाई निष्रभावी बनाउने शब्द कसले घुसायो भन्नेबारे अध्ययन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठकले सर्वसम्मत प्रतिवेदन तयार पारेको छ। छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको हो। दुई दिन, दुई रातको छलफलपछि मंगलबार बिहान सवा ४ बजे सहमति जुटेको हो। ‘समिति सभापति र सचिव यसमा मुख्य जिम्मेवार हुने भन्ने भाषा लेखिएको छ। अन्यको हकमा विषयगत र प्रत्यक्ष संलग्न भएकाहरू पनि यसका जिम्मेवार हुन भन्ने भएको छ,’ समितिका ती सदस्यले भने। समितिका ती सदस्यले सभापतिको हैसियतले खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको निष्कर्षसहित प्रतिवेदन तयार भएको जानकारी दिए। उनले भने, ‘कानुनअनुसार हस्ताक्षर गर्ने उहाँ (खतिवडा) हो। उहाँ...
बजेट कार्यान्वयन बारे अर्थ  र स्वास्थ्य मन्त्रालयबीच छलफल

बजेट कार्यान्वयन बारे अर्थ  र स्वास्थ्य मन्त्रालयबीच छलफल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, राजनीति, शिक्षा, समाचार
काठमाडौं आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।   स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए ।  सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलन लगायतका विषयमा छलफल&n...
माओवादी केन्द्र स्थायी कमिटी बैठक : अध्यक्ष प्रचण्डले जबाफ दिने

माओवादी केन्द्र स्थायी कमिटी बैठक : अध्यक्ष प्रचण्डले जबाफ दिने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। उनका अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबाफ दिनेछन्। शुक्रबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव र एजेन्डाहरूमाथि शनिबारदेखि सदस्यहरूले आफ्नो धारणा राखेका थिए। त्यसमा अध्यक्ष प्रचण्डले आज जबाफ दिने प्रवक्ता सापकोटाले बताए। त्यसपछि निर्णय गरी आजै बैठक समापन हुनेछ। बैठकले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय गर्नेछ। ...
एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी

एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, समाज
बुटवललुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए । लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन । उनले एमालेको नेतृत्वमा भएका जनपक्षीय कामहरुबाट अस्थिरताबादीहरु अत्तालिएका कारण चलखेल हुन थालेको उल्लेख गरे । गिरीले पार्टीलाई कमजोर बनाउनकै लागि वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पार्टीबाट अलगत राख्नुपर्छ भन्ने गलत मान्यतासहित विवाद सिर्जना गराउन खोजिएको बताए । एमालेलाई कमजोर पार्नकै लागि नेतृत्वका विषयमा विवाद सिर्जना गराउन खोजिए पनि त्यो सम्भव नभएको उल्लेख गरे। यस्तै लोकतान्...
सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताउनु भएको हाे । ‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले याे बिषयमा संवेदनशील बन्न जरुरी छ।’ लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उउहाँले ज...
माओवादी स्थायी समितिको बैठक आजदेखि

माओवादी स्थायी समितिको बैठक आजदेखि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुनेछ । एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ ।  ‘स्थायी समिति बैठक यति दिनमा सक्ने भनेर कुनै सीमा तोकिएको छैन । अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ । अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिन्छ’, उनले भने । पछिल्लो...