रूपन्देहीका दुई गाउँपालिकाका पूर्वअध्यक्ष लगायत एमालेमा प्रवेश: उपाध्यक्ष पौडेलले गरे स्वागत
रूपन्देही
रूपन्देहीका दुई वटा गाउँपालिकाका पूर्वअध्यक्षसहित उनीहरूका समर्थक एमालेमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसको दबदबा मानिने जिल्लाको मर्चवार क्षेत्रमा पकड जमाएका पूर्वगाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र केशवनन्द बानियाँ आफ्ना समर्थकहरूसहित शनिबार एमालेमा प्रवेश गरेको एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए।
शुक्ला रूपन्देहीको दक्षिण मर्चवार क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् भने बानियाँ मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। शुक्ला र बानियाँ दुबै जनाले आफ्नो पालिकामा मात्र नभई छिमेकी पालिकामा समेत आफ्नो प्रभाव जमाउने गरेका थिए।
रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा आगामी काात्तिक १७ गते उपनिर्वाचनको तयारी गरिरहँदा सोही क्षेत्रसँग जोडिएको क्षेत्र नं. ४ का दुई राजनीतिक खेलाडी सहितका कार्यकर्तालाई एमालेले प्रवेश...








