ताजा अपडेट

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

Breaking news 2, ताजा अपडेट, समाज
१९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।नेपालको जितमा आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी निर्णायक रह्यो । खराब सुरुवात गरेको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । एकपछि अर्को ब्याट्सम्यान आउट हुँदा पनि ओपनर आसिफ क्रिजमा टिकिरहेका थिए । नवौं नम्बरमा आएका सन्दीपले आसिफलाई बलियो साथ थिए ।दुबैले आठौं विकेटका लागि अजितित ७७ रनको साझेदारी गरे । आसिफ ८६ र सन्दीप ३५ रनमा अविजित रहे । आठौं विकेटका लागि ७७ रनको साझेदारी नेपालको अहिलेसम्मको धेरै हो । ...
मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

Breaking news 1, खेलकुद, ताजा अपडेट
१६ फागुन, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाए ।मलेसियाका तर्पmबाट १४ रन एक्सट्रा उपहार भयो ।यसअघि मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए ।ओपनर हैरिल हरिसनले १२ रन जोडे । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रन...
सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

Breaking news 2, ताजा अपडेट, स्थानीय
१५ फागुन, काठमाडौं । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको छ । राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णय...
आज पनि हल्का वर्षाको सम्भावना

आज पनि हल्का वर्षाको सम्भावना

ताजा अपडेट, समाज, स्थानीय
१५ फागुन, काठमाडौं । पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय छ ।त्यसैकारण आइतबार काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।बेलुकादेखि रोकिएको वर्षा सोमबार (आज) दिउँसो पुनः सुरु हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले काठमाडौं उपत्यकामा आज दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।उनका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्...
आज मगर संघ स्थापना दिवस मनाइंदै , बुटवलमा  विदा

आज मगर संघ स्थापना दिवस मनाइंदै , बुटवलमा विदा

Breaking news 2, ताजा अपडेट, स्थानीय
बुटवल,१५ फागुन । मगर समुदायले आज देश विदेशमा नेपाल मगर संघ स्थापना दिवस मनाउंदै छन् ।२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्झनामा मगर समुदायले फागुन १५ लाई विशेष महत्वका साथ मनाउंदै आएका छन् । आजको दिनमा सार्वजनिक विदा दिन मगर संघले माग गर्दै आएको छ । यस्तै नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि संघले माग गर्दै आएको छ । नेपाल मगर संघ बुटवलकी अध्यक्ष बसन्ती साठीघरेले स्थापना दिवसको अवसरमा संघले फागुन आज बुटवलमा भेषभुषाको झाँकी सहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने बताइन् । मूल समारोह हिलपार्क गेट पुर्वको बाजे बज्यै थान परिसरमा हुने संघका सचिव हेमन्त बुढाथोकीले बताए । आदिवासी जनजातीमध्ये मगर पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको समुदाय हो । २०६८ को जनगणना अनुसार देशभर मगर सम...
<a>रुपन्देहीको सुद्धोधन र सैनामैनामा सवारी दुर्घटना, २ जना युवाको मृत्यु, एक गम्भीर</a>

रुपन्देहीको सुद्धोधन र सैनामैनामा सवारी दुर्घटना, २ जना युवाको मृत्यु, एक गम्भीर

अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाज, स्थानीय
बुटवल । रुपन्देहीका विभिन्न ठाउँमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा सोमबार दिउसो २ जनाको मृत्यु भएको छ । राजमार्ग सुरक्षा कार्यालय लुम्बिनी प्रदेश बुटवलको कार्यालयले दिएको जानकारी अनुसार सुद्धोधन गाउँपालिका र सैनामैनामा नगरपालिकामा भएको दुर्घटनामा युवाहरुले ज्यान गुमाएका हुन् । जिल्लाको सुद्धोधन गाउँपालिका–१ मा लु ५८ प ९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोक्किएर चालक २५ वर्षीय सागर कुमालको मृत्यु भएको हो । सैनामैना–४ घर भएका उनी दुर्घटनामा परेपछि उद्दार गरी बुटलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । यसैगरी पूव–पश्चिम राजमार्ग अन्तरगत सैनामैना–११ फयरलाइनमा बुटवलतर्फ आउँदै गरेको स्कुटरले सोही दिशामा हिंडीरहेको सब्जि बोक्ने ठेलालाई ठक्कर दिँदा ३६ वर्षीय विशाल कार्कीको मृत्यु भएको हो । कपिलवस्तुको बाणगँगा नगरापलि...
पिउनेपानी गुणस्तरिय र सर्वसुलभ हुनुपर्ने सरोकारवालाको भनाई

पिउनेपानी गुणस्तरिय र सर्वसुलभ हुनुपर्ने सरोकारवालाको भनाई

ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, २८ माघपिउने पानीको समस्या समाधान दीर्घकालिन रुपमा गर्न एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै विकासका लागि सकारात्मक सोच जरुरी रहेको बनाए । सुकुम्बासी, कोरिडोरको समस्या, आर्थिक राजधानी निर्माण गर्ने जस्ता धेरै चुनौतिहरु रहेको भन्दै यसको लागि तीन तहकै सरकार लाग्ने उनले बताए ।कार्यक्रममा संस्थाको परिचय बोकेको स्मारिका समेत प्रकाशन गरिएको छ । यसैगरि टोलका जेष्ठ नागरिक खेम बहादुर टोमाटो, नारायणी बिकलाई दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरि तिलोत्तमा माबिमा कक्षा ८ मा अध्ययरत बिनोद दमाई र उजिरसिह माबि कक्षा ४ का अध्ययरत विकास बिकलाई छात्रवृति प्रदान गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष बिरमान लामाले समुदायमा शुद्ध ...
मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, स्थानीय
बुटवल,२८ माघ ।  रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज हुंदैछ । तिलोत्तमा–२ स्थित तिलोत्तमा क्यापस छेउको क्लबको खेल मैदानमा दिउसो १ बजे हुने फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने छ ।फाइनल अघि विहान १० बजेदेखि तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण...
अख्तियारको स्थापना दिवस : ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’

अख्तियारको स्थापना दिवस : ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’

Breaking news 3, ताजा अपडेट
काठमाण्डाै - ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ अख्तियार   दुरुपयोग  अनुसन्धान  आयोगले  आज ३२ औँ स्थापना दिवस मनाउँदैछ । सार्वजनिक पद धारण गरेका   व्यक्तिले    भ्रष्टाचार    गरी   अख्तियारको  दुरुपयोग गरेको  सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण  भूमिका  निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो । आयोगको   काठमाण्डौको टङ्गालमा रहेको  केन्द्रीय  कार्यालयसहित  आठवटा  मातहतका  कार्यालय  रहेका छन्  ।  आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ । आयोगले गरेका काम सङ्ख्यात्मक रुप...
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

Breaking news 1, ताजा अपडेट
२५ माघ, दाङ ।  लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे । योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् । प्रतिनिधि सभा तथा संविधान सभामा गरी तीन पटक चुनाव हारेका  उनी थुप्रै उतारचढावबीच राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । शिक्षक हुँदै माननीयसम्म २०२३ सालमा रोल्पाको तत्कालीन सैवाङ गाविसको डुबिडाडामा जन्मिएका दसौंदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ०४१ सालमा नेकपा कम्यूनिष्ट पार्टीमा आवद्ध भएका उनी ०४३ सालपछि शिक्षण पेशा लागे । उनले गाउँकै सैवाङ माविबाट अ...