Breaking news 2

देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा

देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस पनि सर्वोच्च अदालत पुगेको छ। शुक्रबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै आइतबार सर्वोच्चमा रिट दायर गरिएको हो।प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए। ‘वारेसमार्फत सर्वोच्च अदालतमा रिट दिएका छौँ,’ घिमिरेले भने। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवधौनिक भनेको थियो। यसअघि नेकपा (एमाले)ले पनि प्रतिनिधि सभा विघटनविरुद्ध मंसिर ९ मा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत गएपछि एमालेले अन्य पार्टीको पनि साथ खोजिरहेको थियो। त्यसकै क्रममा एमाले अध्यक्ष ओलीले शुक्रबार कांग्रेस सभापति देउवालाई भेटेका थिए। ज...
सम्पर्क समाजको ‘स्वस्थ अभियान’ शिविरले महत्वपूर्ण योगदान पुर्याएको छ: मुख्यमन्त्री आचार्य

सम्पर्क समाजको ‘स्वस्थ अभियान’ शिविरले महत्वपूर्ण योगदान पुर्याएको छ: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजले ‘हाम्रो स्वास्थ्य, हाम्रो पहल–स्वस्थ जीवन अभियान' अन्तर्गत दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्‍याउन शिविरले महत्वपूर्ण योगदान पुर्याएकोमा प्रसंसा गरे।शनिबार छत्रदेव गाउँपालिकाको श्री सार्वजनिक मावि, छत्रगञ्ज ,बहखोरमा सम्पन्न कार्यक्रममा वोल्दै उनले घरमै सेवा उपलब्ध गराउनु अत्यन्तै महत्वपूर्ण र विशेषगरी समाजले तीन वर्षदेखि नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएकोमा सामाजिक सेवाको निरन्तरताको कामना गरे।समाजले पालिकावासीको स्वास्थ्य अवस्था पहिचान गर्दै प्रारम्भिक परीक्षण तथा आर्थिक रूपमा कमजोर समुदायलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ। समाजका अध्यक्ष सिद्धार्थ पन्थीको अध्यक्षतामा सम्पन्न शिविरमा भिडियो एक्स–रे, औषधि वितरण, ल्याब सेवा, इसिजी, आँखा परीक्षण, दन्त उपचार, हाडजोर्नी, ...
एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै

एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदै छ ।दिउँसो ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । ६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज् र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् । ...
रूपन्देहीको तिलोत्तमा जारी राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको भिड

रूपन्देहीको तिलोत्तमा जारी राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको भिड

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको छैटौं दिन शनिबार दर्शकको उल्लेख्य सहभागिता रहेको छ। महोत्सवमा स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी रहन्छन्। नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्ने र महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि मात्र नभएर, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ।स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने छ। स्थानीय उद्यमी–व्यवसायीको व्यवसायिक उन्नतिमा महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास छ।तिलोत्तमा क्षेत्रमा स्थायी प्रकृतिको मेला स्थल निर्माणको आवश्यकता पहिल्यैदेखि उठ्दै आएको उल्लेख गर्दै अब न...
एनपीएल क्रिकेट: आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै

एनपीएल क्रिकेट: आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाण्डौ नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्दैछन् । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ । त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा ...
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।सात दलीय गठबन्धनको तर्फबाट दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री यादवको शपथ शनिबार बिहान हुने प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ। नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ। यादवलाई कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्। ...
राष्ट्रिय सभाको निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिने , मतपत्रको पहिलो नम्बरमा एमाले

राष्ट्रिय सभाको निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिने , मतपत्रको पहिलो नम्बरमा एमाले

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौ आगामी राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिन लागेका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता निवेदन पेश गरेका १३ दललाई स्वीकृति दिएको छ र उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको निर्वाचन चिह्न राखिनेछ । छैठौं नम्बरपछि क्रमशः जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण गरिएको छ । नयाँ दर्ता भएका दुई दल– नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको अन्तिम स्थानमा रहनेछ । निर्वाचन चिह्न सबै सातवटा प्रदेशमा समान रहने व्यवस्था गरिएको छ ...
एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँ त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटामात्रै खेल हुँदैछ।शुक्रबार अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। ६ खेलबाट ६ अङ्क नै जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ। जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र जाेड्न सकेको छ। ...
नेपालमा ठूला भारतीय नोटको रोक हट्यो, अब २५ हजार भारुसम्म लैजान–ल्याउन मिल्ने

नेपालमा ठूला भारतीय नोटको रोक हट्यो, अब २५ हजार भारुसम्म लैजान–ल्याउन मिल्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौभारतको केन्द्रीय बैंकले नेपालमा ठूला भारतीय रुपैयाँ (भारु) नोट प्रयोगमाथि लगाएको प्रतिबन्ध हटाउँदै व्यवस्थालाई उल्लेखनीय रूपले सहज बनाएको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ‘विदेशी मुद्रा प्रबन्ध ९करेन्सी निर्यात तथा आयात० संशोधित विनियमावली–२०२५’ जारी गर्दै नेरु–भारु आवागमनसम्बन्धी पूर्व व्यवस्था परिमार्जन गरेको हो । संशोधित प्रावधानअनुसार अब भारतबाहिर नेपाल र भुटानमा भारतीय मुद्रा तथा आरबीआईका नोटहरू ( १०० रुपैयाँभन्दा माथिका उच्च मूल्यका नोट) बाहेक लैजान र ल्याउन अनुमति दिइनेछ । यसका साथै, नेपाल वा भुटान यात्रामा जाने भारतीय वा अन्य विदेशी नागरिकले १०० रुपैयाँभन्दा माथिका नोटसमेत २५ हजार भारुसम्म लैजान पाउने व्यवस्था गरिएको छ । यस्तै, नेपाल वा भुटानबाट भारत फर्किने यात्रुले पनि १०० रुपैयाँभन्दा माथिका भारतीय नोट २५ हजार भारुसम्म लैजान सक्नेछन् । नेपाल–भुटानका मुद्...
एमालेको ११ ओैं महाअधिवेशनमा कुनै ध्रुवीकरण हुने अवस्था छैन – बिष्णु पाैडेल

एमालेको ११ ओैं महाअधिवेशनमा कुनै ध्रुवीकरण हुने अवस्था छैन – बिष्णु पाैडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेमा कुनै ध्रुव नहुने बताएका छन् । बुधबार प्रेस चौतारी नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले तपाईँहरूलाई यो ध्रुव मंसिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? भन्दै प्रश्न गरे। एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उनले स्पष्ट पारे। ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईँहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उनले। उनले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने स्पष्ट पारे। ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्...