आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन


काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन देशभरका अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयले अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिका आधारमा आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
मन्त्रालयले अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने यस व्यवस्थाको लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने व्यवस्था गर्ने । प्रादेशिक अस्पतालहरूमा समेत बुदाँ नं १ बमोजिमको व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई अनुरोध गरिएको छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...