रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका परे ३० उजुरी
रुपन्देहीरुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० वटा उजुरी परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार, ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३० वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेका हुन्।
निर्वाचन कार्यालय आचारसंहिता अनुगमन समिति रुपन्देहीका अनुगमन अधिकृत मातृका आचार्यले निर्वाचन आचारसंहिता लागू भएदेखि माघ २६ गतेसम्म ३० वटा उजुरी प्राप्त भएको र ती उजुरीको सम्बोधन भइसकेको छ। उनले ३० वटा उजुरीमध्ये एउटामात्रै लिखित उजुरी निर्वाचन कार्यालयमा प्राप्त भएको बताए।आचार्यका अनुसार, आचारसंहिता उल्लंघनका सबै उजुरी राजनीतिक दलका विरुद्धमा थिए। अधिकांश उजुरी चुनाबी पोष्टर ब्यानर टाँगेको, मतदाता जम्मा गरेर खाजा नास्ता खुवाएको, स्थानीय तहका जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गरेर उम्मेदवारको प्रचारप्रसारमा हिडेको, तोकिए भन्दा धेरै मानिसको प्रयोग गरेर प्रचारप्...








