Breaking news 2

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
ढाका । बंगलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । शेख हसिनालाई जुलाईदेखि अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोप छ। इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले शेख हसिना र ओबैदुल कादरसहित ४६ जनाविरुद्ध दुई छुट्टाछुट्टै निवेदनको सन्दर्भमा पक्राउ पुर्जी जारी गरेको हो। उनलाई नोभेम्बर १८ अघि न्यायाधिकरणमा उपस्थित हुन आदेश दिइएको छ । आईसीटीले एउटा मुद्दामा शेख हसिनालाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो भने अर्को निवेदनमा अवामी लिगका महासचिव ओबैदुल कादरसहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। जसमा लेखक तथा शिक्षाविद् प्रोफेसर जफर इकबाल र पूर्व न्यायाधीश शमसुद्दीन चौधरी माणिक रहेका छन् । बिहीबार न्यायाधिकरणका अध्यक्ष मो. गुलाम मुर्तजाको अध्यक्षताको इजलासले यस्तो आदेश दिएको हो । पछि न्यायाधिकरणका प्रमुख सरकारी वक...
आजदेखि साफ महिला च्याम्पियनसिप, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

आजदेखि साफ महिला च्याम्पियनसिप, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार  नेपाल भुटानसँग भिड्नेछ ।  ...
बुटवल जितगढीमा भव्यरुपमा मनाईयाे  सरायनाच

बुटवल जितगढीमा भव्यरुपमा मनाईयाे सरायनाच

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार
बुटवल असत्यमाथि सत्यले विजय गरेको पर्वका रूपमा मानिने विजयादशमीको अवसरमा बुटवलको जितगढी दुर्गा मन्दिर परिसरमा , बुधबार सरायनाच सम्पन्न भएको छ। कार्यक्रम जितगढी व्यवस्थापन समितिको आयोजना तथा नेपाली सेनाको सह आयोजनामा दर्जनौं संघ संस्थाको सहभागितामा सम्पन्न भएको हो। याे पर्वलाई नेपाली लोक संस्कृतिको विशिष्ट पहिचानका रुपमा मान्ने गरिएको छ। पर्वका दिन मन्दिर भित्रका खुकुरी, तरबार ,खुडा,खड्ग र लठ्ठी आदि हतियार हातमा लिएर नचाउँदै ,लडाउँदै बाजाका तालमा नाच्दै देखाइने यस पर्वमा गरिन्छ । नेपाली बृहत शब्दकोशले अर्घाखाँची जिल्लाबाट सुरु गरिएको र क्रमश गुल्मी ,प्युठान र पाल्पामा मनाइने गरिएको पाइन्छ। आजभोलि यी स्थानहरूबाट बसाइसरी देशका विभिन्न सहरहरूमा आउने क्रम सँगै देशका अधिकांश स्थानमा मनाउन थालेको पाइन्छ। नाचगानमै महत्व दिएको उक्त सरायनाच कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग प...
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ बढाएको हो । भाउ बढेपछि पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५० रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५१ रूपैयाँ पर्नेछ । ...
आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली : कतै हल्का वर्षाको सम्भावना

आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली : कतै हल्का वर्षाको सम्भावना

Breaking news 2
काठमाण्डौ – आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली भएको छ । कतै–कतै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी केही भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।  ...

आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम सामान्य बदली

Breaking news 2
काठमाण्डौ – आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम सामान्य बदली छ । त्यस्तै कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही भागमा हल्कादेखि मध्यम बदली रहनेछ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । भोलि पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा...
काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्‍यक्ष विजय स्वारले अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताए । महासङ्घका अध्यक्षका अनुसा यसवर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । उनले यसवर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । ‘सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उहाँले भन्नुभयो, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दशैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन्।’ उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ । ‘आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्...
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान, राष्ट्रपति बाइडेनले भने– जीवन मरणको सवाल छ

अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान, राष्ट्रपति बाइडेनले भने– जीवन मरणको सवाल छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, माैसम, विदेश, समाचार
काठमाडौं अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ । ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क...
कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

Breaking news 2, माैसम, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँ गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतवासले त्यहाँको सरकारले मंगलबार यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ । यसैबीच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको जनाइउको छ । कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच ...
आज आश्विन शुक्ल पञ्चमी, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज आश्विन शुक्ल पञ्चमी, स्कन्दमाताको पूजा आराधना गरिँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।  यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन...