Breaking news 1

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने, बर्खामा पनि काम नरोकिने

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने, बर्खामा पनि काम नरोकिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको काम आगामी ३ वर्ष भित्रनै सक्नेगरी तिब्रता पाएको लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले हालसम्मको कार्योजना र प्रगतिको तुलना गर्दा निर्धारित समयभन्दा अघिनै योजना सम्पन्न हुने दाबी गरे ।  ‘निर्माणको काम ५ वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि ३ वर्षमै सम्पन्न गर्छौ भन्ने लागेको छ ।’–पोखरेलले भने, बीचमा कुनै प्राकृतिक विपत्ती वा आर्थिक संकट नआएमा निर्धारित समयभन्दा छिटोनै यो योजना पूरा हुनेछ । हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको छ । अस्पतालका पूराना संरचना हटाउने काम (साइट क्लिरियन्स)पछि निर्माण सुरु भएको करिब चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको उनले बताए । ...
रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं आगामी साउन १ देखि स्वास्थ्य बीमा सुविधा लिएकहरुले जुनसुकै सरकारी अस्पतालमा उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । प्रथम विन्दु जहा भएपनि सरकारले आगामी  साउन १ गतेदेखि  जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो । यो ब्यवस्था  लागु भए सँथै  यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार गर्न बीमितले पहिलो सेवा विन्दुमा सेवा उपलब्ध नभएमा मात्र  रिफर लिएर आउनु पर्ने ब्यवस्था थियो अव त्यो आवश्य नपर्ने भएको छ । अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने छ । जुन जिल्लाको नागरिक भएपनि बिमामा जुन अस्पतालाई प्रथम विन्दु उल्लेख गरेपनि मुलुकको कुनै पनि सरकारी अस्पतालमा उहाँहरुले अब पहिलो विन्दुका रुपमा सेवा लिन सक्नु हुने छ ।  अब प्रथम सेवा विन्दुका रुपमा जुनसुकै सरकारी स्वास्थ्य संस्था अस्पताल रहेन छन् । य...
सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन, सुनचाँदीमा लगाइएकाे कर खारेजीकाे माग

सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन, सुनचाँदीमा लगाइएकाे कर खारेजीकाे माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडाैं  सुनचाँदी व्यवसायीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरे । व्यवसायीहरुका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली ल्याउन उनीहरुले माग गरेका छन् । प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाए । प्रदर्शनका क्रममा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्यले सुनचाँदी म...
सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार वर्षा, बाढीको खतरा

सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार वर्षा, बाढीको खतरा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा आइतबारदेखि लगातार भारी वर्षा भइरहेको छ। बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ। स्थानीय बासिन्दालाई सतर्क रहन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन्। कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा लगातार पानी परिरहेको छ भने डडेल्धुराको जोगबुढा क्षेत्र, डोटी र कैलालीका चुरे पहाडमा परेको वर्षाले त्यहाँबाट बग्ने खोलानदीमा पानीको बहाव बढेको छ। यसबाट तलका बस्तीहरूमा जोखिम उत्पन्न भएको हो। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालनमा छन्। नागरिकहरूलाई नदी किनार, खोला आसपास र डुबान हुने स्थानहरूमा नजान आग्रह गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशको कुनै स्थानमा ठुलो क्षति पुगेको खबर भने प्राप्त भएको छैन । यद्यपि मौसमले थप प्रभाव पार्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको प्रहरीको...
साताको पहिलो दिन सेयर बजार उकालो, नेप्से २६.५३ अंकले वृद्धि

साताको पहिलो दिन सेयर बजार उकालो, नेप्से २६.५३ अंकले वृद्धि

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेप्से परिसूचक २६.५३ अंकले वृद्धि भएर २६२२ बिन्दुमा पुगेको छ, जुन १.०२ प्रतिशतको वृद्धि हो। कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको दिनमा १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घट्यो। बजारमा बैंकिङ समूह सबैभन्दा बढी २ प्रतिशतले बढ्दा अन्य धेरैजसो समूहहरू पनि सकारात्मक देखिए। विकास बैंक १.६१, माइक्रोफाइनान्स १.५८, अन्य १.३५, जीवन बीमा ०.८२, फाइनान्स ०.६४, हाइड्रोपावर ०.५४, निर्जीवन बीमा ०.४२, लगानी ०.३२, व्यापार ०.२७ र होटल तथा पर्यटन समूह ०.०९ प्रतिशतले बढे। उत्पादन तथा प्रशोधन समूह मात्रै ०.५६ प्रतिशतले घटेर ऋणात्मकमा रह्यो। सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले वृद्धि भई सबैभन्दा बढी बढ्ने कम्पनी रह्यो। विन्ध्यबासिनी हाइड्रोपावर, ग्रिन भेन्चर्स, त्रिशुली जलविद्युत् कम्पनी पनि शीर्ष वृद्धिमा ...
प्रतिनिधिसभाको बैठक: नागरिकता विधेयक पारित, निजामती विधेयक पारित गर्ने कार्यसूची तय

प्रतिनिधिसभाको बैठक: नागरिकता विधेयक पारित, निजामती विधेयक पारित गर्ने कार्यसूची तय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं, १५ असार । प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ । शनिबारको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । त्यसअघि शनिबारै गृहमन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस गर्दै गृहमन्त्री लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको बताए । “आमाको नामबाट नागरिकता पाउने व्यवस्था सुनिश्चित गर्नका लागि यो विधेयक आएको छ । नागरिकतासम्बन्धी विषयमा विभिन्न समयमा अदालतबाट भएका फैसलालाई यो विधेयकमार्फत कार्यान्वयनमा ल्याउन खोजिएको छ”, गृहमन्त्री लेखकले भने । वैदेशिक रोजगारमा गएका महिलाहरूले विदेशम...
वर्तमानमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता

वर्तमानमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
टीकाबहादुर बस्नेत परिचयजनताको बहुदलीय जनवाद ९जबज० नेपालको कम्युनिस्ट आन्दोलनमा एक क्रान्तिकारी मोड हो, जसले माक्र्सवाद–लेनिनवादलाई नेपाली समाजको विशिष्टता अनुसार पुनर्परिभाषित गर्ने प्रयास ग¥यो । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का महासचिव मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्तले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई स्वीकार्दै समाजवादको दिशामा अघि बढ्ने मार्गचित्र प्रस्तुत गरेको हो । परम्परागत एकदलीय अवधारणाभन्दा पृथक, जबजले जनताको सहभागिता, समावेशिता र राष्ट्रियता तीनैलाई समान रूपमा जोड दिन्छ । आजको बदलिँदो विश्व सन्दर्भ, प्रविधि–चालित समाज र नवउदारवादी चुनौतीहरूका बीच जबजको उपादेयता अझै जीवित छ कि छैन रु यही प्रश्नलाई आधार मानेर प्रस्तुत यो लेखले जबजको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त, व्यवहारिकता र वर्तमान सान्दर्भिकतालाई समग्र रूपमा मूल्याङ्कन गर्ने प्रयत्न गरेको छ । जनताको बह...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ  संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।यस्तै, ‘ नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम समेत छ । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै  छन् ।...
एसइई नतिजा प्रकाशित : यसरी हेर्न सकिन्छ

एसइई नतिजा प्रकाशित : यसरी हेर्न सकिन्छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकािशत भएकाे छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन भएकाे हाे । यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । नतिजा यहाँ हेर्न सकिन्छ। ...
एसईईको नतिजा आज साँझ साढे ५ बजे प्रकाशित हुँदै

एसईईको नतिजा आज साँझ साढे ५ बजे प्रकाशित हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आवश्यक प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको र नतिजा आज (असार १३ गते) साँझ ५:३० बजेभित्र सार्वजनिक गरिने तयारी गरिएको हो। विद्यार्थीहरूले नतिजा सार्वजनिक भएपछि विभिन्न वेबसाइट, एसएमएस सेवा र मोबाइल एपमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। ...