Breaking news 1

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। हिजो दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको उहाँको राति पौने ८ बजे निधन भएको हो। उनका माइला भाइ पुरू रिसालले यो खबर पुष्टि गरेका छन्। रिसालले आफ्नो देहावसानपछि शरीर दान गर्ने घोषणा गरेका थिए। उनको इच्छाअनुसार, अब पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शरीर  लागिएको छ। उनका छोरी सुष्मा रिसालका अनुसार, पाटनमा शरीर पठाउने तयारी भइरहेको छ। उनी ९७ वर्षका थिए र पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए। राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका रिसालले राससमा प्रमुख संवाददाता भएर अवकाश प्राप्त गरेका थिए। पत्रकारिता र रेडियो सगरमाथामा उनका योगदान अविस्मरणीय रहन्छ। रेडियो सगरमाथाको स्थापनाकालदेखि उनले विभिन्न कार्यक्रमहरू सञ्चालन गरे, जसमा “बाजेका पालामा” र “रेडियो कुराकानी” प्रमुख थिए। भैरव रिसालको नि...
राष्ट्रिय युवा संघ रुपन्देहीको चैत २९ गते जागरण सभा : प्रधानमन्त्रीले सम्बोधन गर्ने

राष्ट्रिय युवा संघ रुपन्देहीको चैत २९ गते जागरण सभा : प्रधानमन्त्रीले सम्बोधन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल  राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय सुख्खानगरमा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले यही चैत २९ गते बुटवलमा जागरण सभा गर्ने निर्णय भएको छ । सो सभालाई सम्बोधन गर्न २९ गते प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा आउने युवा संघ रुपन्देहीले जनाएको छ । साथै युवा संघले सो सभामा ५००० को संख्यामा मोटरसाइकलहरु उपस्थित गराई प्रधानमन्त्री ओलीलाई स्वागतका लागि कार्यक्रम स्थलमा प्रवेश गराउनेजस्ता विभिन्न एजेन्डामा छलफल गरी निर्णय गरेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी महासचिव सुमन पुरीको प्रमुख आत्थित्यतामा सम्पन्न बैठकमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष कृष्ण कुमालको अध्यक्षतामा सम्पन्न भएको हो । ब...
आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
बुटवल चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको कथन छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नि...
गुल्मीको रेसुङ्गा ६ मा एक गोठमा आगालागी , २ गाई मरे

गुल्मीको रेसुङ्गा ६ मा एक गोठमा आगालागी , २ गाई मरे

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, २३ चैत्र । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अत्तरकाडामा शनिबार एक गोठमा आगलागी हुँदा दुई गाईको जलेर मृत्यु भएको छ। स्थानीय रूक्मागत मरासिनीको गोठमा दिउँसो अचानक आगो लागेको हो। स्थानीय बासिन्दा, रेसुङ्गा नगरपालिकाको दमकल टोली र नगर प्रहरीको सक्रिय प्रयासमा आगो नियन्त्रणमा ल्याइएको थियो। गोठमा लागेको आगो अन्यत्र फैलिन नदिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। स्थानीय टिकाराम अधिकारीका अनुसार समयमै आगो नियन्त्रणमा आएकोले ठूलो मानविय तथा धनजनको क्षति हुन सकेन। हालसम्म आगलागीबाट भएको क्षतिको सम्पूर्ण विवरण प्राप्त भइसकेको छैन भने आगलागीको कारण पनि खुल्न सकेको छैन। सुख्खा मौसमका कारण पछिल्लो समय आगलागीका घटनाहरू बढ्दै गएका छन्। केही दिनअघि सोही वडाको चेक्मीमा पनि आगलागी भई झबिलाल मरासिनीको एक गोठ पूर्णरूपमा जलेको थियो। अत्तरकाडा , बालकाटे , चेक्मी लगायत वरपरका ...
शिक्षकहरू सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभयो: प्रधानमन्त्री ओली

शिक्षकहरू सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभयो: प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरू सरकारलाई विश्वास गरेर प्रदर्शन गर्न काठमाडौं आएको बताएका छन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आवाज उठाए सरकारले सुन्छ भन्ने विश्वास राखेर शिक्षकहरू काठमाडौं आएको बताएका हुन्।  'नत्र पहिले पहिले प्रदर्शनमा आउनु हुन्नथ्यो। प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भने किन गर्ने भन्ने हुन्थ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ,' उनले भने।  उनले सानो डेलिगेशन आएको भए पनि सरकारले सम्बोधन गर्ने बताए।  'आइरहनुपर्ने थिएन। सानो डेलिगेशन आएको भए पनि भइहाल्थ्यो। सरकारले सुनेन कि भन्ने ‍पहिले-पहिले जस्तै ठान्नुभयो होला। अलि ठूलै जमात जानुपर्छ। यो विषय टुंगिन्छ र उहाँहरू जानुहुन्छ,' उनले भने। अब शिक्षकहरूको कु...
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने

रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि रूपन्देही पठाइएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो। काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका लामिछानेलाई शनिबार यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको हो। लामिछाने शनिबार र आइतबार  जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए। उनका अनुसार आज शनिबार र भोलि सरकारी बिदा भएकाले अदालत नखुल्ने भएकाले दुई दिन लामिछाने जिल्ला प्रहरीकै हिरासतमा रहनेछन्। ‘सोमबार मात्रै बाँकी प्रक्रिया सुरू हुन्छ,’ एसपी राठौरले भने। सोमबार अदालत खुलेपछि लामिछानेलाई अदालतमा हाजिर गराइन्छ। ...
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

Breaking news 1, ताजा अपडेट, विविध
२२ चैत, बुटबल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । ...
ओलीसँगको भेटवार्ता फलदायी रह्यो : मोदी

ओलीसँगको भेटवार्ता फलदायी रह्यो : मोदी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
 काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’ उनले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको जानकारी गराएका छन् । ‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौं,’ उनले भनेका छन्...
शुद्धोदन गाउँपालिकामा मौरी पालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न

शुद्धोदन गाउँपालिकामा मौरी पालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न

Breaking news 1, जीवनशैली, ताजा अपडेट, स्थानीय
रुपन्देही २१ चैत्र — शुद्धोदन गाउँपालिका कृषि विकास शाखा मानपकडीको आयोजनामा मौरी पालनसम्बन्धी तालिम तथा मौरी घार वितरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत पालिकाका विभिन्न वडाका किसानहरूलाई कुल ४१ वटा मौरी घार वितरण गरिएको छ। यस कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक मौरी पालनतर्फ प्रोत्साहित गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा किसानहरूलाई मौरी पालनसम्बन्धी आधुनिक प्रविधि, व्यवस्थापन तथा उत्पादन वृद्धिका विविध पक्षबारे जानकारी गराइएको थियो। सहभागी कृषकहरूले तालिम तथा घार वितरण कार्यक्रमले व्यवसाय प्रवर्द्धन गर्न मद्दत पुग्ने बताएका छन्। शुद्धोदन गाउपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. २ का अध्यक्ष कमल खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्य...
नेप्से सामान्य बढ्यो, झन्डै ८ अर्ब रुपैयाँको शेयर कारोबार

नेप्से सामान्य बढ्यो, झन्डै ८ अर्ब रुपैयाँको शेयर कारोबार

Breaking news 1
काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७ सय ३ दशमलव ३९ विन्दुमा पुगेको छ । आज बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज ग्रीन भेन्चर्स लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन उपकार लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ । ...