Breaking news 1

ओली र लेखकमाथिको अनुसन्धान २६ गतेभित्र गरिसक्न सर्वोच्चको आदेश

ओली र लेखकमाथिको अनुसन्धान २६ गतेभित्र गरिसक्न सर्वोच्चको आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ । सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´ भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ । ...
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण

राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गिरावट आएको, सवारी दुर्घटना, पश्चिम एसियमा रहेका नेपाली कामदार, बढ्दो महँगी, बढ्दो साइबर अपराध, इन्धनको मूल्यवृद्धिका लागि मुद्रास्फिति बढेको, सरकारी कार्यालय र शिक्षण संस्थामा दुई दिन कार्यालय बिदा दिइनुले पार्ने प्रभावबारे धारणा राखेका छन् । उनीहरूले बजारको मूल्यवृद्धिको प्रभावकारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । सो समयमा कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, पदमबहादुर परियार, मनरुपा शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारी, सावित्री पन्तले धारणा राखेका थिए । ...
अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन

अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंअर्थमन्त्रीको कार्यभार सम्हालेको पहिलो सातामै डा.स्वर्णिम वाग्लेले निकै आक्रामक र परिणाममुखी कार्यशैली प्रस्तुत गरेका छन् ।गत शुक्रबार पदभार ग्रहण गरेकै दिनदेखि उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन राजस्व चुहावट नियन्त्रण, नीतिगत सुधार र निजी क्षेत्रको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । निजी क्षेत्रलाई भरोसा : ‘१५ कानुन खारेज र गरिखानेको देश’ कार्यभार सम्हालेको पहिलो दिनमै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रप्रति उदार र सहयोगी बन्ने सन्देश दिँदै १५ वटा पूराना कानुन खारेज गर्ने साहसिक निर्णय गर्न पुगे । नेपाल उद्योग परिसंघसँगको भेटमा उनले ‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँ, तर त्यसको अर्थ छाडापन होइन, नियमनकारी भूमिका पनि सशक्त रहन्छ ।’ भन्दै निजी क्षेत्रलाई भरोसा दिलाउने काम गरेका थिए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उनले ...
साताको दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

साताको दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।
आज प्रतिनिधि सभाको बैठक: सभामुख निर्वाचित गर्ने कार्यसूची

आज प्रतिनिधि सभाको बैठक: सभामुख निर्वाचित गर्ने कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।आजको बैठकमा सभामुखलाई निर्वाचित गर्ने कार्यसूची रहेको छ । सभामुखका लागि रास्वपाका उपसभापति डिपी अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएका छन् ।आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् भने सो प्रस्तावमा रास्वपा सांसदहरु सोबिता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गर्ने छन् । ...
सातै प्रदेशको दरबन्दी विवरण तीन दिन भित्र पठाउन मन्त्रालयको निर्देशन

सातै प्रदेशको दरबन्दी विवरण तीन दिन भित्र पठाउन मन्त्रालयको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँस्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरुलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गर्दै स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरुलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा एकीकृत जन्शाकित प्रक्षेपण तयार गर्न देशका सबै स्थानीय तह र प्रदेशसँग दरबन्दी विवरण मागेको बताएको छ ।मन्त्री प्रतिभा रावलले स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको प्रति अभियान नै चलाएर कर्मचारी पठाउने प्रक्रिया शुरु गरेकी छन् । उनले ढिलासुस्ती, जिम्मेवारीमा अस्पष्टता तथा सेवा प्रवाहमा कमजोरी देखिन नहुने भन्दै सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई मार्ग प्रशस्त गर्न समेत चेतावनी दिएकी छन...
होर्मुज क्षेत्रमा तनाव बढ्दै जादा इन्टरनेटमा समेत असर पर्ने जोखिम

होर्मुज क्षेत्रमा तनाव बढ्दै जादा इन्टरनेटमा समेत असर पर्ने जोखिम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँअमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु क्षेत्र प्रभावित हुँदा अब विश्वभर इन्टरनेट सेवामा समेत असर पर्ने जोखिम देखिएको छ ।यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र २५ प्रतिशत तरल ग्यास आपूर्ति हुने गर्छ । साथै यही मार्गमुनि समुद्रभित्र इन्टरनेटका मुख्य केबलहरू समेत बिछ्याइएका छन् । विशेषज्ञहरूका अनुसार यहाँ तनाव बढेमा वा केबलमा क्षति पुगेमा भारतसहित विश्वका धेरै देशमा इन्टरनेटको गति सुस्त हुन सक्छ । उनीहरूले यो क्षेत्र ऊर्जा मात्र नभई डिजिटल दृष्टिले पनि अत्यन्त संवेदनशील ‘चोकपोइन्ट’ भएको बताएका छन् ।विश्वको करिब ९५ देखि ९७ प्रतिशत डेटा समुद्रभित्र बिछ्याइएका फाइबर केबलमार्फत प्रवाह हुने गर्छ । भारतलाई युरोप, अफ्रिका र पश्चिम एसियासँग जोड्ने ठूला केबल प्रणालीहरू यही मार्ग आसपासबाट गुज्रिन्छन् । केबलमा समस्या आएमा डेटा लामो वैकल्पिक मार्गबाट पठाउनु...
डीपी अर्याल सभामुखमा निर्विराेध निर्वाचित

डीपी अर्याल सभामुखमा निर्विराेध निर्वाचित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौप्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्। शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। प्रवक्ता गिरीका अनुसार, अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारीबारे प्रस्ताव पेश गरिनेछ।त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेपछि अर्याल सभामुख निर्वाचित भएको घोषणा गरिनेछ।शुक्रबार दिउँसो अर्यालले उम्मेदवारी गरेका थिए। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्। ...
निजी मिडियामाथि बालेन सरकारको प्रहार

निजी मिडियामाथि बालेन सरकारको प्रहार

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल सरकारी निकायको सूचना-विज्ञापन सरकार मातहतका सञ्चार माध्यमबाट मात्रै दिनुपर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार मातहतका निकायलाई निर्देशन पठाएपछि सञ्चार तथा विज्ञापन क्षेत्र तरङ्गित बनेको छ । सरोकारवालहरूले सङ्घीय प्रणाली र सञ्चार क्षेत्रप्रति सरकारको दृष्टिकोणलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिव स्तरीय निर्णयको हवाला दिएर बुधबार सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मुख्यमन्त्री कार्यालय तथा सबै स्थानीय तहलाई एकैपटक पत्र पठाएको हो । यसलाई निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरिएको छ । सरकारको यो कदमसँगै सार्वजनिक सूचना प्रकाशनबाट प्राप्त हुने आम्दानीमा निर्भर रहेका सयौँ निजी पत्रपत्रिका तथा छापा माध्यमहरू प्रभावित हुने भएका छन् । विशेष गरी जिल्ला स्तरमा सञ्चालनमा रहेका साना...
भ्रष्टाचार नियन्त्रणमा सबै निकायलाई प्रभावकारी काम गर्न सरकारको निर्देशन

भ्रष्टाचार नियन्त्रणमा सबै निकायलाई प्रभावकारी काम गर्न सरकारको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ ।मुख्यसचिव सुमनराज अर्यालले अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाउदै कडा कदम चाल्न सबै सरकारी कार्यालयलाई निर्देशन दिएका हुन् ।निर्देशनमा भनिएको छ- 'देशमा भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने मूलभूत माग राखी गत २०८२ भाद्र २३ र २४ गते जेन–जी युवाहरूको अगुवाइमा जनआन्दोलन भएको र सोही पृष्ठभूमिमा २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई हालै गठन भएको सरकारले सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत, प्रक्रियागत लगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सु...