Breaking news 1

चितवनमा ४१ हजार ५ सय ४ मतसहित लामिछाने अगाडि

चितवनमा ४१ हजार ५ सय ४ मतसहित लामिछाने अगाडि

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै - चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उहाँ ४१ हजार ५ सय ४ मतसहित अगाडि हुनुहुन्छ। लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मतले अगाडि हुनुहुन्छ। श्रेष्ठले अहिलेसम्म ७ हजार ६ सय ९५ मत पाउनुभएको छ । यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाउनुभएको छ।  ...
तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

Breaking news 1, ताजा अपडेट, समाचार, समाज, सम्पादकिय, स्थानीय
१२ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्...
चितवनमा सर्बदलीय बैठक सुरु

चितवनमा सर्बदलीय बैठक सुरु

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
११ वैशाख, चितवन । उप निर्वाचन भएको चितवन -२ मा सर्बदलीय बैठक सुरु भएको छ।बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् । ...
आज १७औँ लोकतन्त्र दिवस, महत्त्वपूर्ण उपलब्धि तर असन्तुष्टि बढ्दो

आज १७औँ लोकतन्त्र दिवस, महत्त्वपूर्ण उपलब्धि तर असन्तुष्टि बढ्दो

Breaking news 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
काठमाण्डाै - आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित भएको खुसियालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गर्नुभयो । २०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको ...
प्रदेश स्तरीय लेखा ब्यवस्थापन तालिम पाल्पामा सुरु

प्रदेश स्तरीय लेखा ब्यवस्थापन तालिम पाल्पामा सुरु

Breaking news 1, ताजा अपडेट
अमर पन्थपाल्पा चैत १०/प्रेस चौतारि नेपाल प्रदेश स्तरीय दुई दिने लेखा ब्यवस्थापन तालिम पाल्पामा सुरु भएको छ। तालिम समारोहको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामानलामालेअहिले राजनतिक संघ संघठन देखी तिनका भातृ संघ संगठनमा मौखिक हिसाव किताव भएपनि व्यस्थित लेखा प्रणाली नभएकोले अवस्थामा यो तालिमले चौतारीका सबै शाखाहरु लाई ब्यवस्थित अभियान सुरु गरेको बताउनु भयो । समय संगै प्रबिधि मैत्री मिडिया बनाउने काममा लागि परेको बताउदै पेशागत द्क्षतालाई बिकास गर्ने काममा संस्थागत रुपमा लागेको उहाको भनाइ थियो । उहाले भन्नु भयो गतिशिल श्रमजीवीलाई प्रोत्साहन गर्ने चौतारी निरन्तर लागिपरेको बताउनु भयो महासचिव लामाले प्रेस चौतारीका सदस्यको दक्षतालाई बढ्वा दिदा समाचार कारखानाको रुपमा बिकास गर्ने उल्लेख गर्दै त्यसको सहि ब्यवस्थापनले समाजलाई सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ । समारोह...
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

Breaking news 1, ताजा अपडेट, समाचार
७ चैत, काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भईपदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो । ...
त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन

Breaking news 1, ताजा अपडेट, समाचार
५ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ ।मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ ।कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।हरेक २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको छैन । २०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन ।विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने त्रिविले जनाएको छ ।त्रिवि केन्द्रीय क्याम्पसमा भने इलेक्ट्रोनिक्...
आज उपराष्ट्रपति निर्वाचन, साँझ ६ बजेभित्र परिणाम

आज उपराष्ट्रपति निर्वाचन, साँझ ६ बजेभित्र परिणाम

Breaking news 1, ताजा अपडेट, समाचार
३ चैत, काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको शर्माले बताइन् । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।  जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उ...
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

Breaking news 1, ताजा अपडेट, समाचार
२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ । आसिफ खानको कीर्तिमानी शतक यूएईले पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर १९ रन हुँदा आर्यन लक्रा व्यक्तिगत ६ रनमा आउट भएका थिए । महम्मद वसिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गरे । बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका वसिमल...
यूएईले नेपाललाई दियो ३ सय ११  रनको विशाल लक्ष्य

यूएईले नेपाललाई दियो ३ सय ११  रनको विशाल लक्ष्य

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृखलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पाएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् । एसोसिएट क्रिकेटमा आज आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका  छन् । यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।  ...