प्रदेश स्तरीय लेखा ब्यवस्थापन तालिम पाल्पामा सुरु


अमर पन्थ
पाल्पा चैत १०
/प्रेस चौतारि नेपाल प्रदेश स्तरीय दुई दिने लेखा ब्यवस्थापन तालिम पाल्पामा सुरु भएको छ।

तालिम समारोहको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामानलामालेअहिले राजनतिक संघ संघठन देखी तिनका भातृ संघ संगठनमा मौखिक हिसाव किताव भएपनि व्यस्थित लेखा प्रणाली नभएकोले अवस्थामा यो तालिमले चौतारीका सबै शाखाहरु लाई ब्यवस्थित अभियान सुरु गरेको बताउनु भयो । समय संगै प्रबिधि मैत्री मिडिया बनाउने काममा लागि परेको बताउदै पेशागत द्क्षतालाई बिकास गर्ने काममा संस्थागत रुपमा लागेको उहाको भनाइ थियो । उहाले भन्नु भयो गतिशिल श्रमजीवीलाई प्रोत्साहन गर्ने चौतारी निरन्तर लागिपरेको बताउनु भयो महासचिव लामाले प्रेस चौतारीका सदस्यको दक्षतालाई बढ्वा दिदा समाचार कारखानाको रुपमा बिकास गर्ने उल्लेख गर्दै त्यसको सहि ब्यवस्थापनले समाजलाई सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ । समारोहमा लुम्बिनी प्रदेश महासचिव निरु गौतमले सांगठनिक रुपमा लेखा तालिम मार्फत आर्थिक गतिविधिलाई चुस्त दुरुस्त बनाउनका लागि समेत सिकाइ आदानप्रदान गर्ने काममा लाग्न सहयोगी हुने उहाको भनाइ थियो ।केन्द्रले गरेको कामलाई जनता सम्म पुर्याउनु पत्रकारको उत्तिकै दायित्व रहने कुरा राख्नु भएको थियो । लेखापालको अवधारणा र सिद्धान्त ,लेखा प्रणाली , लेखापरीक्षण र बेरुजु लगाएतका बिसयमा सहजीकरण हुने छ।
तालिम समारोहमा प्रदेश सहइन्चार्ज ,कमलराज तिमिल्सिना , प्रदेश सहइन्चार्ज रुद्र सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

प्रेस चौतारी लुम्बिनी प्रदेशका १२ जिल्लाका पदाधिकारीहरुकालागि लेखा व्यबस्थापन तालिममा लेखा परिक्षक दिवाकर अर्यालले कार्यालय व्यबस्थापन, नगदी रसिद, गोश्वरा भौचर, वैक नगदी किताव, बजेट सिट, पेश्की खाता, मास्केवारी खर्चको फाँटवारी, डे बुकको बारेमा प्रशिक्षण दिएका छन । पत्रकार महासंघ पाल्पाका पुर्व सचिव किरण कौशलले स्थानीय र प्रदेश सरकारका विषयमा बस्तुमा रिपोटिङ्ग गर्नुपर्ने विषयबस्तु, डा. राम बहादुर राउतले संस्थाको कोष बृद्धि, आर्थिक प्रतिवेदन तयार विधीको विषयमा प्राध्यापक गुराश आत्रेय, लेखा परिक्षण र बेरुजुका विषयमा सहजीकरण गरेका छन ।
उद्घाटन समारोह प्रेस चौतारी पाल्पाका सचीव नारायण न्यौपानेको संचालन र केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन बिकको स्वागत मन्तव्य र शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...