Breaking news 1

हिजो व्यवस्था परिवर्तनका लागि र आज अवस्था परिवर्तनका लागि संघर्ष गरिरहेका छौ- मन्त्री दिनेश पन्थी

हिजो व्यवस्था परिवर्तनका लागि र आज अवस्था परिवर्तनका लागि संघर्ष गरिरहेका छौ- मन्त्री दिनेश पन्थी

Breaking news 1, कृषि, ताजा अपडेट, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेशका कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले हिजो व्यवस्था परिवर्तनका लागि संघर्ष गरेको र आज त्यही व्यवस्थामा रहेर नागरिकको अवस्था परिवर्तनका लागि लागि परेको बताएका छन् । गुल्मि मदाने गाउँपालिका स्थायी बसोबास रहेका र बुटवल आसपासमा वस्ने युवाहरुले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना आदानप्रदान गर्न शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि भइसकेपछि राजनीतिक आस्थाका आधारमा आग्रह पूर्वाग्रह राख्न नहुने बताएका छन् ।उनले आफूले कहिले पनि राजनीतिलाई दुरुपयोग नगरी सुशासन ,विकास ,समृद्धिका पक्षमा संघर्ष गर्दै आएको बताए। उनले युवाहरुलाई प्रशिक्षण दिँदै एकजनाले मात्र गर्न नसकिने कामहरु सामुहिकतामा गर्न सकिने भएकाले एकतामा जोड दिन सुझाए । अहिले देशमा बढ्दै गएको विदेश पलायन र बसाईसराई रोक्न आवश्यक रहेको र यसलाई रोक्न रोजगारी, स्वास्थ्...
दुई नयाँ विमानस्थल रहेका सहरमा वैदेशिक रोजगारका सबै सेवा विस्तार गर्ने निर्णय

दुई नयाँ विमानस्थल रहेका सहरमा वैदेशिक रोजगारका सबै सेवा विस्तार गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
३० साउन, काठमाडौं । सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका सहर पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए ।उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णय भएको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था अन्त्य गर्न समेत हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरि...
मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका छन्।मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ।छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए। ...
बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२७ साउन, बागलुङ । बाढी पहिरोका कारण बागलुङको बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।बडिगाडमा केही समयअघि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन् । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन ।बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए ।विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको...
अहिलेसम्म पाँच वटा जिल्लामा हैजा पुष्टि : सङक्रमितको सङ्ख्या ४७ पुग्यो

अहिलेसम्म पाँच वटा जिल्लामा हैजा पुष्टि : सङक्रमितको सङ्ख्या ४७ पुग्यो

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
प्रतीकात्मक तस्बिर काठमाण्डौ – पाँच वटा जिल्लामा हैजाको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म ४७ जनामा हैजा देखिएको छ । यसअघि ललितपुर, काठमाण्डौ, कैलाली, प्युठानमा सङ्क्रमित भेटिएकोमा पछिल्लो पटक रुपन्देहीमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा आठ जना, काठमाण्डौ र प्युठानमा समान दुई/दुई जना र रुपन्देहीका एक जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीका निर्देशक डा.यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । हैजा थप फैलिँदै गएको छ । यो ‘भिब्रियो कोलेरा’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य ...
आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२५ साउन, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । ...
नुवाकोट हेलिकप्टर दुर्घटनामा मृतकको सख्या ५ पुग्यो ।।

नुवाकोट हेलिकप्टर दुर्घटनामा मृतकको सख्या ५ पुग्यो ।।

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव भेटिएको पुष्टि गरे। वडाअध्यक्ष तामाङ अहिले घटनास्थलमै छन्। दुर्घटनाबारे थप विवरण आउने क्रम जारी छ।  ...
गुल्मीमा पहिरो पुरिएर ४ जनाको मृत्यु, २ घाइते

गुल्मीमा पहिरो पुरिएर ४ जनाको मृत्यु, २ घाइते

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ । भोलि सम्म बर्षा भैरहने हुदां सचेत रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ...
झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२२ साउन, काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ । स्वयम्भुको सानो भर्‍याङ र ठूलो भर्‍याङ क्षेत्र पनि प्रभावित भएको छ ।रामशाहपथस्थित सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ । वन कार्यालयका केही कर्मचारीहरु हातमा जुत्ता बोकेर कार्यालय पुगेका छन् ।काठमाडौंमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरु जलमग्न हुने ...
२८ जेठयता प्राकृतिक विपद्‌बाट १५४ जनाको मृत्यु

२८ जेठयता प्राकृतिक विपद्‌बाट १५४ जनाको मृत्यु

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२१ साउन, काठमाडौं । नेपालमा मनसुन सुरु भएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परेर १५४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म विपद्‌मा परी ४७ जना व्यक्ति बेपत्ता छन् भने १८६ जना घाइते भएका छन् । यो अवधिमा प्राकृतिक विपद्‌मा परेका १०८ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ । पहिरो, बाढी लगायत विपद्‌बाट ४ हजार २३८ घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण सोमबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्‌बाट २८ जेठयता ७४३ पशु चौपायको मृत्यु भएको छ । ...