Breaking news 1

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्न्ने सुनिने गरेको बताए । ‘दशैंपछि तुरुन्त परिर्वतन हुन्छ रे’, उनले अगाडि भने, ‘कुनै दशैं भन्या ? ०८४ को दशैंपछि चुनावमा ? ठीकै हो ।’ अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार ।’ देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे । कांग्रेस र एमाले मिलेर सरकार बनेको भन्दै ओलीले भने, ‘यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’ प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल...
कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन

कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने भोलि परेको छ । असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै बडादशैँ समापन हुन्छ । विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आज समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी ...
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

Breaking news 1
काठमाण्डौ – देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको फ्लाई दुबई र थाइल्याण्डमा मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् । त्यसैअनुसार उडान तालिका बनाएको विमानस्थलले जनाएको छ । फ्लाई दुबईले आउँदो कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान शुरु गर्नेछ ...

आज एकादशीका दिन पनि दशैंको टीका लगाइँदै

Breaking news 1
२७ असोज, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् । ...
आज दशैं, टीका लगाउन साइत नै कुर्नुपर्छ ?

आज दशैं, टीका लगाउन साइत नै कुर्नुपर्छ ?

Breaking news 1
२६ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’ ‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने । सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्या...
२० जिल्लाका ७१ पालिका विपद् संकटग्रस्त क्षेत्र

२० जिल्लाका ७१ पालिका विपद् संकटग्रस्त क्षेत्र

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घोषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ (१) बमोजिक यही असोज १८ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि बाढीपहिरो प्रभावित ७१ पालिकालाई सङ्कटग्रस्त घोषणा गरी हालै राजपत्रमा प्रकाशित गरिएको उनले बताए। गत सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ती सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र हाल उच्च प्राथमिकतामा राखेर राहत सामग्री वितरण तथा पुनःस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ। प्राप्त विवरणअनुसार ओखलढुङ्गाका चार, पाँचथरका दुई, उदयपुरको एक, सोलुखुम्बुका तीन, खोट...
लुम्बीनीका मुख्‍यमन्त्रीले दशैं विदामा सरकारी गाडी प्रयोग नगर्ने

लुम्बीनीका मुख्‍यमन्त्रीले दशैं विदामा सरकारी गाडी प्रयोग नगर्ने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, फिचर
२४ असोज, बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् । गृह जिल्ला अर्घाखाँची जाँदा आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगरी निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा गएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडि दशैं विदाभरीका लागि फिर्ता गरेका छन् । उनको स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । ...
विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री ओली

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् । लगानी बोर्डको ५९ औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरुपमा काम गर्न आग्रह गरेका हुन् ।  ‘हामीले सामान्य सुधार (रिफर्म) होइन, रूपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी हुनुपर्छ । त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ । कुनै पनि फाइल ...
यी प्रदेशबाट बाहिरियो मनसुन

यी प्रदेशबाट बाहिरियो मनसुन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट यसपालिको मनसुन बाहिरिएको छ। बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट गत असोज २० नै मनसुन बाहिरिएको थियो। ‘मनसुनी वायु कमजोर हुदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,’ महाशाखाले बुलेटिन जारी गर्दै भनेको छ। यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो। सरदर अक्टोबर २ मा मनसुन...
यस वर्षको हिउँदमा गर्मी र वर्षा बढी हुने प्रक्षेपण

यस वर्षको हिउँदमा गर्मी र वर्षा बढी हुने प्रक्षेपण

Breaking news 1, माैसम, समाचार, समाज
यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । वर्षा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । विभागले यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म (असोज १५ देखि पुस १५ गतेसम्म)को तीन महिनाको अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको छ । ‘यसको मतलब दिउँसो र राति दुवै समयको तापक्रम सरदरभन्दा बढी भई गर्मी हुने भनेको हो,’ विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले प्रष्ट्याइन् । अधिकतम तापक्रम दिउँसोमा र न्यूनतम तापक्रम रातिको समयमा मापन गरिन्छ । विभागका अनुसार बागमती प्रदेशको मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदे...