आज दशैं, टीका लगाउन साइत नै कुर्नुपर्छ ?


२६ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ ।

११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ?

‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’

‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने ।

सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउँछन् । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।

छुटाउनुभयो कि ?

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधा...
‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइ...