Breaking news 1

मधेश प्रदेशका मन्त्रालयहरूको बजेट रोक्का गर्ने तयारी

मधेश प्रदेशका मन्त्रालयहरूको बजेट रोक्का गर्ने तयारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्ने चेतावनी दिएको हो । पत्रमा चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ मात्र २८.५३ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, संघीय सरकारले उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबाट केवल १३.२४ प्रतिशत मात्र प्राप्त हुने जानकारी आएको उल्लेख छ । समग्रमा, कुल आय अनुमानको ३०.३५ प्रतिशत मात्र प्राप्त भएकोले प्रदेश संचित कोषमा न्यून मौज्दात रहेको र भुक्तानीमा चाप पर्न सक्ने सम्भावना देखिएकाले अर्थ मन्त्रालयको ३० माघको मन्त्रीस्तरीय निर्णय भएको पत्रमा उल्लेख छ । मन्त्रालयले खर्चमा मितव्ययिता अपनाउन र खर्च हुन...
समानिकरणबजेट बढाउन पुर्व प्रधानमन्त्री प्रचण्डको आग्रह

समानिकरणबजेट बढाउन पुर्व प्रधानमन्त्री प्रचण्डको आग्रह

Breaking news 1, राजनीति, समाचार
गुल्मी  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिवार गुल्मीका विभिन्न कार्यक्रममा ब्यस्त भएका छन। बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन गर्दै उनले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिए ।   सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउँदै झन बढाउनुपर्नेमा घटाउन लागेकाले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गरे ।  अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।  सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको प्रचण्डले बताए ।  सुविधा सम्पन्न भवनबाट  जनतालाई दिने सेवा  सहज र सरल रुपमा प्रदान गर्नुपर्नेमा उनको जोड छ ।   प्रशास...
महकाे महत्व: मौरीपालक व्यवसाय प्रवर्धनमा सरकारको सहयोग

महकाे महत्व: मौरीपालक व्यवसाय प्रवर्धनमा सरकारको सहयोग

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, बुटवल स्वास्थ्यका हिसाबले महलाई राम्रो मानिन्छ। त्यसैले क्रमश मौरीपालक बढ्दै गएका छन्। मह उत्पादन पनि बढ्दै गएको छ। लुम्बिनी प्रदेशमा पनि महको उत्पादन बढेको छ। तथापि मूल्य, गुणस्तर ,अस्वस्थ प्रतिस्पर्धा ,महको महत्वको बारेमा जानकारीको कमीजस्ता कारण अर्गानिक मह बिक्री हुन सकेको छैन। अहिले मह अन्य देशमा निर्यात नभएको साथै उत्पादक बढ्दै गएको र महको महत्वको बारेमा जानकारी कम भएका कारणले अर्गानिक मह उत्पादन अनुसार बिक्री हुन नसकेको हो। नेपालको हावापानी अनुसार ५ प्रजातिका मौरी पालन गर्न सकिन्छ। विशेषगरी लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा पहाडी जिल्लाहरुमा पुरानो प्रविधिबाट पालन गरिने सेराना जातको मौरी पालन गरिएको छ भने तराई लगायतका जिल्लाहरूमा मेलिफेरा प्रजातिको मौरी पालन गरिएको छ। मेलिफेरालाई उन्नत जातको मौरी मानिन्छ।लुम्बिनी प्रदेशमा मुख्यत यी २ जाति मौरीको पालन...
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा (मंगलबार) सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशिघ्र ल्याउन आग्रह गरेका हुन् । ओलीले मुलुकमा कानुनहरु सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भन्सार र राजस्वमा कुनै छली र अनियमिता पाइएका निर्ममताका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जानकारी गराए ।...
मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो-अध्यादेशबारे जनार्दन शर्मा

मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो-अध्यादेशबारे जनार्दन शर्मा

Breaking news 1, राजनीति, समाचार
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अध्यादेश ल्याउन हुने र मिल्ने बताएका छन्। तर अध्यादेशका अन्तरवस्तु के छन् भन्नेमा भने प्रश्न रहने उनको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी उपमहासचिव शर्माले भने, ‘अध्यादेश ल्याउन हुन्छ, ल्याउन मिल्छ, त्यसभित्र के-के आयो भन्ने प्रश्न पो हो त। त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतामा आतंक छ। सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने शंका पो छ त।’ शर्माले सत्तापक्षलाई सुझाव भन्दै मीठो कुरा पनि हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ नहुने बताएका छन्।   ‘सत्तापक्षलाई म सुझाव राख्न चाहन्छु, मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन,’ उनले भने, ‘अध्यादेश कहाँ अड्केको छ, ल्याउनुपर्‍यो। छलफल गरौंला, राम्रोलाई राम्रै भनौंला।’ सरकारले ६ वटा अध्यादेश सदनमा दर्ता गर...
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक : एसियास्तरको राजमार्गका रुपमा स्तरोन्नति गरिँदै

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक : एसियास्तरको राजमार्गका रुपमा स्तरोन्नति गरिँदै

Breaking news 1, ताजा अपडेट, फिचर, बिज्ञान प्रबिधि, समाचार
अमृत गिरी, बुटवल  विसं.२०१८ सालमा निर्माण भएको महेन्द्र राजमार्ग (पूर्व–पश्चिम राजमार्गं) लाई अहिले विभिन्न खण्डमा विभाजन गरेर अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने काम सुरु भएको छ। त्यसको सुरुवात बुटवल–गोरुसिङ्गे खण्डबाट हुँदैछ।  पूर्व–दक्षिण एसियाको यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमअन्तर्गत यो सडक अन्तर्राष्ट्रियस्तरमा विस्तार हुन लागेको हो। योसंगै राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि बुटवल– गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डबाट राजमार्गलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डमा स्तरोन्नति गर्ने कामको थालनी भएको छ।  शहरी क्षेत्रमा सर्भिस लेन, फुटपाथ, साइकल लेनसहित छ लेनमा विस्तार हुनेछ  भने ग्रामीण अर्थात् वन क्षेत्रमा चार लेनमा स्तरोन्नति गरिनेछ। सहरी क्षेत्र, सेमी सहरी क्षेत्र र ग्रामीण क्षेत्र गरी तीन भागमा विभाजन गरेर अन्तर्राष्ट्रिय स्तरको राजमार्ग खण्ड ...
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक–२०८० पारित

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक–२०८० पारित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक–२०८० पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो विधेयक तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ गते मिडिया काउन्सिल विधेयक दर्ता गराउनुभएको थियो । विज्ञ तथा सरोकारवाहरूले उठाउँदै आएको काउन्सिलको नेतृत्वसम्बन्धी मूल विषयलाई यथावत राखेर राष्ट्रिय सभाले विधेयक पारित गरेको हो । सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानले काउन्सिलका काम कारबाहीमाथि सरकारको छाया कामयै रहने भन्दै विज्ञ तथा सरोकारवालाहरूले आलोचना गर्दै आएका छन् । राष्ट्रियसभाको अर्को बैठक आउँदो फागुन ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । ...
प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०८/१ पेस गर्ने कार्यसूची छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। ...
सङ्घीय संसद्का दुवै सदन बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदन बैठक बस्दै

Breaking news 1, राजनीति, समाचार
काठमाडौँ सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा  प्रधानमन्त्री केपी शर्मा ओलीले 'महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१' पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१' फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  आजको बैठकमा 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने छ ।  गृहमन्त्री रमेश लेखकले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक-२०८१',  'सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१'लाई प्रस्तुत...
एकैपटक ७५ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

एकैपटक ७५ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार बसेको बढुवा समितिको बैठकले  ७५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश विपषद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशी छन्। उनको प्राप्तांक सयमा ९७.९९३४ छ। दोस्रो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तालिम शाखाका इन्स्पेक्टर मिलन बस्नेत छन्। कार्यसम्पादन मूल्यांकनमा उनले ९७.८४३४ नम्बर पाएका छन्। सूचीको तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत इन्स्पेक्टर राजकुमार सिंह छन्। सिफारिस अनुसार गृह मन्त्रालयले निर्णय गरेपछि बढुवा भएको पदमा पदस्थापन हुनेछन्। ...