गुल्मी,पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’


गुल्मी

गुल्मी ,पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ ।  कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो । 

पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव  सञ्चालन भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग रहेको छ । 

महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गर्नुहुँदै रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको हुँदा ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा उल्लेख गर्दै यस्ता महोत्सवबाट धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे ।

नेपालका चार प्रमुख धार्मिक धाममध्ये एक मानिने रुरु क्षेत्रमा शालिग्राम दिवसको अवसर पारेर आयोजना गरिएको यस महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटन मूलक कार्यक्रम समावेश गरिएका छन् । महोत्सवमा शालिग्रामका विषयमा प्रचारप्रसार, प्रवर्द्धन, महत्वलगायतका विषयमा जानकारी दिइने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी र्दिए । 

महोत्सवमा एक हजार आठ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी र्‍यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने कार्यक्रम छ । 

हिन्दू धर्मशास्त्रमा शालिग्रामलाई भगवान् विष्णुको शिला स्वरूपका रूपमा वर्णन गरिएकाले यसको धार्मिक महत्वका साथै अनौँठो बनोटका कारण पनि शालिग्राम सबैको चासोको विषय बन्दै आएको छ । श्रीस्वस्थानी व्रतकथामा विष्णु भगवानले जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गरेर महादेवले जालन्धरको वध गरेपछि विष्णुलाई वृन्दाले दिएका चार श्रापमध्ये एक शिला हुनुपरोस् भनी श्राप दिएकीले शालिग्राम स्वरूपमा रहनुपरेको उल्लेख छ । शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व भएकाले यसकोे खोजी गर्ने बर्सेनि बढ्दै गएका पाइन्छन् ।

सोह्रौँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्ने किवंदन्ती रहेको छ । कालीगण्डकीमा नुहाउन र ऋषिकेशव, गायत्रीमाता लगायत विभिन्न देवालयको दर्शन गर्न भक्तजन आउने गर्छन् ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...