संविधानको सीमाभित्र सबै बस्ने हो भने बजेट विनियोजनमा विकृति नहुने : अर्थमन्त्री


काठमाडौं

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संविधानको सीमाभित्र सबै बस्ने हो भने बजेटमा विनियोजनमा विकृति नहुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस ।’

यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे । उनले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको उनको भनाइ छ ।

अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालु खर्च बढ्ने गरेको उनले बताए । यस वर्ष अदालतको आदेश, शिक्षकका माग पूरा गर्दा दायित्व थप भएको उनको भनाइ छ ।

यो सामर्थ्यको दायराभन्दा माथि पुगेको उनको भनाइ छ । सामाजिक सुरक्षामा प्रतिस्पर्धा गर्दा विकृत्ति भएको उनको भनाइ छ । स्वास्थ बीमा नेपाललाई महत्त्वपूर्ण रहेको भए पनि स्रोत र खर्चमा खाडल रहेको उनले स्वीकार गरे ।

बहुवर्षीय स्रोत सुनिश्चिततामा अभिलेखमा समस्या रहेको भन्दै कैयौं दशकमा पूरा गर्न नसक्ने आयोजना रहेको उनको भनाइ छ ।

न्यून विनियोजना समेत अर्को समस्या रहेको उनको स्विकारोक्ति छ । राजस्वले साधारण खर्च धानिरहेको भन्ने देखाउन त्यै अनुसार बजेट लोड भैरहेको उनले उदाहरण दिए । ‘हामी समस्यै समस्याको चाङमा छौं, यो अवस्थाबाट अगाडि बढ्नुपर्ने छ,’ उनले भने ।

सामाजिक सुरक्षा, बिमामा दोहोरोपन रहेको भन्दै उनले बजेट प्रणालीका विकृति सुनाए । स्थानीय सरकारले पैसा बाढ्ने कार्यक्रममा जोड दिएका कारण यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

संघीय सरकार पुँजी सिर्जना हुने आयोजनामा केन्द्रित हुनुपर्ने भन्दै उनले ठुला आयोजनामा यसवर्ष जोड दिइने उनको भनाइ छ ।

बजेट निर्माणको अभ्यासलाई वास्तविकता हुनुपर्नेमा आफू सहमत रहेको उनको भनाइ छ ।

कार्यान्वयन सुनिश्चितता सहितको बजेट निर्माणको कोसि भइरहेको उनले जानकारी दिए ।

स्रोतको लक्जरी नभएको भन्दै उनले त्यै सिमाभित्रै रहेर बजेट बन्ने उनले बताए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...