तराई क्षेत्रमा सिँचाइको लागि डिप बोरिङ खन्ने काम सुरु
Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं
तराई क्षेत्रमा सिँचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ ।
पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो निर्णय लिएकाले हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरेका हुन् ।
‘तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको छ, सिँचाइका लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् । प्रधानमन्त्री ओलीका अनुसार यो योजना सिँचाइको पहुँच नपुगेका तराई क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको हो। यसबाट भूमिगत पानीको प्रयोग गरेर वर्षभरि खेती सम्भव हुने वातावरण निर्माण हुने छ। सस्तो दरमा बिजुली उपलब्ध गराइँदा सिँचाइको लागत घट्ने र किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्वास लिइएको छ।
...





