मनोरञ्जन

राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै

राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा फागुन ६ गते मङ्गलबार बुटबलको जितगढी किल्ला परिसरमा नृत्य दिवस मनाइने भएको छ। मौलिक कला ,संस्कृति झल्काउने खालका १५ टिमका नृत्यहरू उक्त कार्यक्रममा सहभागी हुनेछन् ।विशेषत लुम्बिनी प्रदेशसँगै बागमती प्रदेश, मधेस प्रदेश ,गण्डकी प्रदेशको प्रतिनिधिमूलक सहभागिता रहने सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत संघका लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए। अध्यक्ष शाहले ऐतिहासिक स्थल जितगढी किल्लामा कार्यक्रम आयोजना गरी यसको महत्व र प्रचारप्रसार हुने आशय रहेको बताए। उनले कार्यक्रमका लागि बुटवल नगरपालिकाले सहयोग गरेको र अन्य संघ,संस्थाहरूले पनि सक्दो सहयोग गरेको बताए । संघले गुरु मानेका भैरव बहादुर थापाको जन्मदिनलाई आधिकारिक नृत्य दिवस मान्न सरोकारवालासँग पहल गरिरहेको संघका उपाध्यक्ष मिना बुढाथोकीले बताइन्। बुटवल ...
जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीको तिलोत्तमा स्थित श्रृङ्गेश्वरधाममा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण र विस्तारका लागि सहयोग संकलन गर्ने उदेश्यले महायज्ञ संचालन हुने भएको छ ।यहि माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमदभागवत ज्ञान बिज्ञान श्रीङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रीङ्गारिक महाआरती २०८१ भब्य रुपमा संचालन हुनेछ । महायज्ञमा प्रमुख कथा बाचकको रुपमा पुज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्नु हुनेछ भने रास्ट्रीय कलाकारहरूको प्रस्तुति रहनेछ। हाल सचालनमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई विस्तार गर्ने र आधुनिक सेवा सुबिधा सम्पन्न भवन निर्माण गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गरिएको हाे । उक्त मिलन केन्द्रले जेष्ठ नागरिकलाई दिनभर ध्यान , ज्ञान , भजनकृतन ,मनोरञ्जन गर्ने कार्यक्रम गर्ने र खाजाको समेत व्यवस्था गरेको छ । जेष्ठ नागरिकलाई घर बाट ल्य्ल्याउने र छोड्न ज...
सभापति कप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र एनआरटी खेल्दै

सभापति कप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र एनआरटी खेल्दै

खेलकुद, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सभापति कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र न्युरोड टीम (एनआरटी) क्लबले खेल्दैछन् । यो खेल बेलुका साढे पाँच बजेपछि दशरथ रङ्गशालामा शुरु हुनेछ । आजको खेलको विजेताले सेमिफाइनलमा लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशसँग खेल्नेछ । हिजो नेपाल पुलिस क्लबलाई हराउँदै बागमती सेमिफाइनलमा पुगेको हो । सङ्कटा र मच्छिन्द्र फुटबल क्लब पनि सेमिफाइनलमा पुगिसकेका छन् ।  प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  ...
बुटवल उपमहानगरको वडा स्तरीय लोक भजन प्रतियोगितामा मुक्तेश्वर भजन समूह प्रथम

बुटवल उपमहानगरको वडा स्तरीय लोक भजन प्रतियोगितामा मुक्तेश्वर भजन समूह प्रथम

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा सम्पन्न दोस्रो वडा स्तरीय लोक भजन प्रतियोगितामा बुटवल उपमहानगरपालिका वडा नं १७ स्थित मुक्तेश्वर शिव मन्दिर भजन समूहले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा वडा नं १२ को परोपकार एकादशी भजन समूह द्वितीय, वडा नं ७ स्थित सिद्धेश्वर शिवालय मन्दिर भजन समूह तृतीय, र वडा नं ८ स्थित राधाकृष्ण मन्दिर भजन समूह सान्त्वना पुरस्कार विजेता बनेका छन्। विजेता समूहहरूले क्रमशः ३० हजार, २० हजार, १५ हजार, र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले “हाम्रो चा...
आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्ताे छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्ताे छ महत्व

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, ...
बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला

बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए । विभिन्न २७ उपसमिति बनाएर कार्य तिव्र गतिमा जारी रहेको उनले बताए । बि.स २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानिय पर्यटकहरुलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिदै आएको उनले बताए । सिद्धेश्वरी स्कुलको मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए । संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरि जातजा...
औद्योगिक व्यापार मेला: विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

औद्योगिक व्यापार मेला: विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।प्रतियोगितामा प्रथम भएको अक्सफोर्डलाई २५ हजार, द्वितीय हुने एभरेष्टलाई १५ हजार, तृतीय हुने इन्टलेक्च्यूअललाई १० हजार र सान्त्वना हुने कान्तिलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । मेलामा शनिबार लोक तथा दोहोरी गायिका शान्तिश्री परियार, लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । त्यस्तै खुला लोक दोहो...
उपप्रधानमन्त्री सिंहद्वारा बुटवल मेलाको अवलोकन: औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

उपप्रधानमन्त्री सिंहद्वारा बुटवल मेलाको अवलोकन: औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

Breaking news 2, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
बुटवल नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भनाई राख्नुभयो ।बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रि प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रीपरिषदबाट पारित भईसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनु भयो ।यहि पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक...
बुटवलको औद्योगिक व्यापार मेलामा फिस टनेलमा दर्शकको भिड

बुटवलको औद्योगिक व्यापार मेलामा फिस टनेलमा दर्शकको भिड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज
बुटवल बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा पहिलो पटक ल्याईएको दुबई फिस एक्युरियम तथा फिस टनेलमा दर्शकको भिड लागेको छ । दुबईको समुद्रमा हुने फिस टनेल बुटवलमा मात्रै नभएर नेपालमै नौलो हो । यो बुटवलमा पहिलो पटक ल्याईएको प्रचार प्रसार समितिका संयोजक दीपक चापागाईले जानकारी गराउनु भयो । मेलामा पहिलोपटक ल्याइएको दुबईको समुन्द्रमा मात्रै हेर्न पाइने फिस टनेलको अवलोकन गर्ने र फोटो भिडियो छायाङ्कन गर्नेको घुइचो नै लागेको छ ।  व्यापार मेलामा भाँगोको तेल पाईने स्टलमा दर्शकको आकर्षण देखिएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. ३ मा रहेको मारिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले बहुउपयोगी औषधीय गुण रहेको भाँगोको तेल उत्पादन गर्दै आएको छ ।उक्त सहकारीले किसानद्वारा उत्पादित कृषि उपज तथा प्रशोधित बस्तुहरुको विक्रिवितरणको लागि बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा स्टल राखिएको छ ...
बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटि फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटि फेयर’ गरिएको हो ।व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले हिनताबोधका बिचबाट सुरु भएको व्यूटिपार्लर व्यवसाय आज सबैको अवश्यकता भएको बताउनु भयो । व्यूटिपार्लर व्यवसायले महिला उद्यमशिलता पनि बढाएको र आफैमा सम्मानित पेशाको रुपमा स्थापित भएको भनाई राख्नु भयो ।कार्यक्रममा यस क्षेत्रमा रहेर २५ वर्षभन्दा लामो समय व्यूटिपार्लर पेशा व्यवसाय गरेका ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा व्यूटिसियन उशाकिरण गुरूङ, जेनी श्रेष्ठ, सुशिल श्रेष्ठ, सबिता ताम्राकार, क...