Tag: sancharpatra

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

Breaking news 1, ताजा अपडेट, विविध
२२ चैत, बुटबल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । ...
शुद्धोदन गाउँपालिकामा मौरी पालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न

शुद्धोदन गाउँपालिकामा मौरी पालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न

Breaking news 1, जीवनशैली, ताजा अपडेट, स्थानीय
रुपन्देही २१ चैत्र — शुद्धोदन गाउँपालिका कृषि विकास शाखा मानपकडीको आयोजनामा मौरी पालनसम्बन्धी तालिम तथा मौरी घार वितरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत पालिकाका विभिन्न वडाका किसानहरूलाई कुल ४१ वटा मौरी घार वितरण गरिएको छ। यस कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक मौरी पालनतर्फ प्रोत्साहित गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा किसानहरूलाई मौरी पालनसम्बन्धी आधुनिक प्रविधि, व्यवस्थापन तथा उत्पादन वृद्धिका विविध पक्षबारे जानकारी गराइएको थियो। सहभागी कृषकहरूले तालिम तथा घार वितरण कार्यक्रमले व्यवसाय प्रवर्द्धन गर्न मद्दत पुग्ने बताएका छन्। शुद्धोदन गाउपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. २ का अध्यक्ष कमल खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्य...

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने विश्व बैंकको अनुमान

Breaking news 2, ताजा अपडेट
नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदनका अनुसार अघिल्लो वर्षको ३ दशमलव ९ प्रतिशतबाट बढेर यो वर्ष ४ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । गएको वर्षको तुलनामा बजारमा किनमेल बढेको, जलविद्युत् उत्पादन थपिएको र यो वर्ष प्रमुख कृषि बाली धानको उत्पादन पनि अहिलेसम्मकै धेरै भएकाले आर्थिक वृद्धि सुधारका लागि मुख्य योगदान पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै आर्थिक वृद्धिमा सेवा क्षेत्रको पनि प्रभाव रहेको छ । अर्को वर्ष पनि साढे ४ प्रतिशतकै आर्थिक वृद्धि अनुमान गरिएको प्रतिवेदनमा अपेक्षित प्रतिफल कम भएर लगानी निरुत्साहित हुनु, भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितताजस्ता समस्याहरू रहेको पनि उल्लेख छ । सरकारले बारम्बार कर्मचारीको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असङ्गतिको जोखिम तथा ...
नेप्से सामान्य बढ्यो, झन्डै ८ अर्ब रुपैयाँको शेयर कारोबार

नेप्से सामान्य बढ्यो, झन्डै ८ अर्ब रुपैयाँको शेयर कारोबार

Breaking news 1
काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७ सय ३ दशमलव ३९ विन्दुमा पुगेको छ । आज बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज ग्रीन भेन्चर्स लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन उपकार लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ । ...
मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

Breaking news 2, ताजा अपडेट, विविध
काठमाण्डौ २० चैत्र – सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए । मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए । यस्तै चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ । श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एशियाली देशका ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।  ...
प्रधानमन्त्री ओली बैंककमा : आज समकक्षी शिनावात्रासँग भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली बैंककमा : आज समकक्षी शिनावात्रासँग भेटवार्ता हुँदै

Breaking news 1, ताजा अपडेट
काठमाण्डौ २० चैत्र– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैंकक पुग्नुभएको छ । उहाँ औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको हो । आज उच्च स्तरीय वार्ता हुँदैछ । प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षी पे थोङ्थान् शिनावात्राबीच भेटवार्ता हुनेछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावात्राले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । थाइल्याण्डका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीकाे पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसीसम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि स...
नेपाल सुपर लिग : धनगढीको विजयी शुरूवात, बुटवल लुम्बिनी ४–१ ले पराजित

नेपाल सुपर लिग : धनगढीको विजयी शुरूवात, बुटवल लुम्बिनी ४–१ ले पराजित

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा साबिक उपविजेता धनगढीले विजयी शुरूवात गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो । योसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क जोडेको छ । बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । धनगढीको जीतमा लेबनानी फरवार्ड अहमद हिजाजीले दुई र कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजुले समान एक गोल गरे । बुटवलका केन्टा हाराले एक गोल फर्काए । तेस्रो संस्करणको एनएसएल फुटबलमा आज ललितपुर सिटी र पोखरा खेल्दैछन् । प्रतियोगितामा सात वटा टोलीसहभागी छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि चार वटा टोली प्लेअफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ । ...
सांसद दीपक बोहराको निधन

सांसद दीपक बोहराको निधन

Breaking news 1, ताजा अपडेट, समाचार
१९ चैत, काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन्पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको...
नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र धनगढी खेल्दै

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र धनगढी खेल्दै

Breaking news 1, ताजा अपडेट
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा आज बुटवल लुम्बिनी र धनगढी खेल्दैछन् । त्रिपुरेश्वरको  दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ । यसअघि बुटवलले झापासँगको खेलमा गोलरहित बराबरी खेल्दै अङ्क बाडेको थियो । धनगढीको भने आज पहिलो खेल हुन लागेको हो । हिजोको खेलमा चितवनले पोखरालाई २–० ले पराजित गरेको थियो । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ । ...
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सुनको भाउमा आज पनि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । ...