Tag: sancharpatra

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

Breaking news 2, ताजा अपडेट
१५ माघ, काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए ।अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए । त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०...
<a href="https://thahakhabar.com/news/171217/">पोखरामा अर्को आत्मदाह प्रयास, बचाउन पुगेकी महिला घाइते</a>

पोखरामा अर्को आत्मदाह प्रयास, बचाउन पुगेकी महिला घाइते

Breaking news 2
काठमाडौंमा भएको आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएका हुन्। वडाध्यक्ष किरण बरालका अनुसार युवकको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी पनि सोही आगोमा परेर घाइते भएकी छिन्। उनले ती पुरुषलाई बचाउने प्रयास गरेकी थिइन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको पनि वडाध्यक्ष बरालले बताए। उनीहरूको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ। ...
गुल्मीमा घरभित्र हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव भेटियो

गुल्मीमा घरभित्र हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव भेटियो

Breaking news 1, स्थानीय
गुल्मी : गुल्मीमा एक महिलाको संकास्पद शव भेटिएको छ। मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको शव घरभित्रै खुट्टा बाँधेको अवस्थामा भेटिएपछि उनको हत्या गरेको आशंका गरिएको छ। वडा ७ का वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट अन्य टोली पनि अनुसन्धानका लागि आउँदैछ। शेरचन अविवाहित हुन्। वामिटक्सार र मध्य पाहडि लोक मार्ग जोड्ने हाडिखोलाको पुलवारिको पहिलो घरमा होटल चलाएर उनी एक्लै बस्थिन्। जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाटले ती महिलाको शव हात–खुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए। घटना स्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ। ...
<a href="https://thahakhabar.com/news/171149/">गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !</a>

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

ताजा अपडेट, समाचार
काठमाडौं : नागरिकता विवादमा बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन्।  शुक्रबार (२०७९–१०–१३) गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए। त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ  लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे।  ...
<br><strong>सरकारमा रहने वा नरहने बारे रास्वपाले आज निर्णय लिने</strong>


सरकारमा रहने वा नरहने बारे रास्वपाले आज निर्णय लिने

Breaking news 1
काठमाडौँ । पूर्व सभापति रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलासँगै सरकारमा रहने वा नरहने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्ममा निर्णय गर्ने भएको छ । संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको र बेलुकासम्ममा निर्णयमा पुग्ने तयारी भइरहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताउनुभयो । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनः नलिएको भन्दै सर्वोच्च अदालतले पार्टी अध्यक्ष, सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको अस्ति निर्णय सुनाएको थियो । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएमा लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी रास्वपाको छ । यस बारेमा पनि कानुन व्यवसायीसँग छलफल भइरहेको कार्यवाहक सभापति अर्यालले जानकारी दिनुभयो । स्रोतका अनुसार लामिछानेले आज नेपाली न...
कुष्ठरोग विरुद्धको दिवस आज : १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी

कुष्ठरोग विरुद्धको दिवस आज : १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी

समाचार, स्थानीय
काठमाण्डाै - आज ७०औँ विश्व कुष्ठरोग विरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ। नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ। अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ। झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेका छन् । कुष्ठरोग सरुवा रोग हो । तर समयमै उपचार गरे पूर्ण रुपमा निको हुन्छ । डाक्टरका अनुसार उपचार गरेका बिरामीबाट यो रोग अर्कोमा सर्दैन । स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्...
कालोसूचीमा परे १२ कम्पनी

कालोसूचीमा परे १२ कम्पनी

Breaking news 2, समाचार
१५ माघ, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं छन् । यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब घिमिरे नेतृत्वको डिभी घिमिरे कन्स्ट...
रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

Breaking news 1, समाचार
१५ माघ, काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’ जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्...
वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालयले शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार निशुल्क आँखा शिविर संचालन गरिएको हो । बिहिवारबाट सप्ताहव्यापी रूपमा सुरू भएको कार्यक्रम अन्र्तगत करिब ४०० जना अविभावकहरूको निशुल्क आँखा परिक्षण गरिएको हो । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा निशुल्क आँखा परिक्षण गरिएको हो । विद्यालयले निशुल्क आखां परिक्षण शिविर आयोजना गरि आफनो आँखा जाच गराउन पाउदा अविभावक खुसि भएका छन।त्यसै गरि विविध खेलकुद कार्यक्रम अन्तर्गत शुक्रबार छात्र छात्रा फुटवल ,भलिबल , रिले दौड, स्किपिङ लगाएतका खेलहरू सम्पन्न भएका छन् । विद्यालयले बिहिवार बृहत् रयाली गरि सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रमको शुभ...
म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन

म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन

Breaking news 3, ताजा अपडेट
६ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेका ‘ओभर द टप’ (ओटीटी) अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन तथा भिडियो सेवा प्रदान गर्ने एप्लिकेसनको नियमनबारे अध्ययन थालेको छ । दूरसञ्चार प्राधिकरणका निर्देशक अमर स्थापितको नेतृत्वमा बनेको कार्यदलले ओटीटीको नियमनको आवश्यकता, विधि र अन्तर्राष्ट्रिय अभ्यासबारे अध्ययन थालेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।‘नियमन नगर्दा ओटीटीमार्फत ठगी र विभिन्न आपराधिक तथा गैरकानुनी काम भइरहेका छन्,’ उनले भने,’त्यसैले नियमनका लागि के गर्न सकिन्छ भन्नेबारे कार्यदलले प्रतिवेदन दिनेछ ।’महालेखा परीक्षकको कार्यालयले पटक- पटक ‘ओभर द टप’मार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजस्व असुल्ने व्यवस्था गर्न सुझाव दिंदै आएको थियो । भाइबर, फेसबूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, विच्याट, इमो जस्ता एप्लिकेसनहरु...