नेप्से सामान्य सुधार हुँदा ,पौने ११ अर्बको सेयर कारोबार


काठमाडौँ

सेयर कारोबार मापक नेप्से परिसूचकमा आईतबार सामान्य अंकको सुधार हुँदा पनि पौने ११ अर्बको सेयर कारोबार भएको छ । सो दिन नेप्से परिसूचक ३.५८ अंकले बढेको हो । गत बिहीबार नेप्से २.०८ अंकले बढेको थियो । अघिल्ला चार कारोबार दिन निरन्तर घटेको नेप्से दुई दिनयता सामान्य अंकले बढेको हो ।

आइतबार ०.१३ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ६१ दशमलव ६० बिन्दुमा उक्लिएको छ । कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ वटाको घट्यो ।

कुल ८९ हजार १ सय ६१ पटकको सेयर कारोबारमा २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ८७ करोड ५९ लाख रुपैयँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबारको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो ।

गत बिहीबार ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्सेमा सामान्य अंकको सुधार हुँदा पनि आइतबार कारोबार रकम भने उल्लेख्य रुपमा बढेको हो ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र व्यापारको परिसूचक बढे । तर, बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहका परिसूचक घटे । नेप्सेका अनुसार व्यापार उपसमूह ५२.८१ अंकले बढ्दा लघुवित्त ४४.८६ अंकले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो । भुगोल इनर्जी डेभलपमेन्टको ७.६३, ङादी ग्रुप पावरको ७.५५, सानीमा माई हाइड्रोपावरको ७.१९ प्रतिशतले सेयर मूल्य बढ्यो ।

सो दिन विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । नारायणी विकास बैंक ५.०२, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ४.२६, हिमालयन हाइड्रोपावरको ३.५९ र सिर्जनशील लघुवित्तको ३.४१ प्रतिशतले सेयर मूल्य घट्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, राधी विद्युत् कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट अघि रहे । एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को सबैभन्दा बढी सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार एनएमबीको २३ लाख ८२ हजार ७ सय २५ कित्ता सेयर किनबेच भएको हो ।

ङादी ग्रुप पावरको २३ लाख ८१ हजार ५ सय ४७, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (प्रमोटर) को २२ लाख ३८ हजार १ सय १५, अरुण भ्याली हाइड्रोपावरको १६ लाख १२ हजार ७ सय ७६ र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको १६ लाख ४ हजार ९ सय ६२ कित्ता सेयर खरिदबिक्री भएको हो ।

नेप्से बढेपछि कुल बजार पुँजीकरण एकै दिन ५ अर्ब ९५ करोड २८ लाख रुपैयाँले बढेको छ । गत बिहीबार ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण आइतबार बढेर ४४ अर्ब २५ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

छुटाउनुभयो कि ?

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवलमणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको स...
रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रुपन्देहीरोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रम त...
आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौंजल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन...
आजदेखि बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा थपियो कर

आजदेखि बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा थपियो कर

काठमाडौंमुलुकमा आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आम्दानी ...