नेप्से सामान्य सुधार हुँदा ,पौने ११ अर्बको सेयर कारोबार


काठमाडौँ

सेयर कारोबार मापक नेप्से परिसूचकमा आईतबार सामान्य अंकको सुधार हुँदा पनि पौने ११ अर्बको सेयर कारोबार भएको छ । सो दिन नेप्से परिसूचक ३.५८ अंकले बढेको हो । गत बिहीबार नेप्से २.०८ अंकले बढेको थियो । अघिल्ला चार कारोबार दिन निरन्तर घटेको नेप्से दुई दिनयता सामान्य अंकले बढेको हो ।

आइतबार ०.१३ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ६१ दशमलव ६० बिन्दुमा उक्लिएको छ । कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ वटाको घट्यो ।

कुल ८९ हजार १ सय ६१ पटकको सेयर कारोबारमा २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ८७ करोड ५९ लाख रुपैयँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबारको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो ।

गत बिहीबार ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्सेमा सामान्य अंकको सुधार हुँदा पनि आइतबार कारोबार रकम भने उल्लेख्य रुपमा बढेको हो ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र व्यापारको परिसूचक बढे । तर, बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहका परिसूचक घटे । नेप्सेका अनुसार व्यापार उपसमूह ५२.८१ अंकले बढ्दा लघुवित्त ४४.८६ अंकले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो । भुगोल इनर्जी डेभलपमेन्टको ७.६३, ङादी ग्रुप पावरको ७.५५, सानीमा माई हाइड्रोपावरको ७.१९ प्रतिशतले सेयर मूल्य बढ्यो ।

सो दिन विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । नारायणी विकास बैंक ५.०२, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ४.२६, हिमालयन हाइड्रोपावरको ३.५९ र सिर्जनशील लघुवित्तको ३.४१ प्रतिशतले सेयर मूल्य घट्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, राधी विद्युत् कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट अघि रहे । एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को सबैभन्दा बढी सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार एनएमबीको २३ लाख ८२ हजार ७ सय २५ कित्ता सेयर किनबेच भएको हो ।

ङादी ग्रुप पावरको २३ लाख ८१ हजार ५ सय ४७, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (प्रमोटर) को २२ लाख ३८ हजार १ सय १५, अरुण भ्याली हाइड्रोपावरको १६ लाख १२ हजार ७ सय ७६ र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको १६ लाख ४ हजार ९ सय ६२ कित्ता सेयर खरिदबिक्री भएको हो ।

नेप्से बढेपछि कुल बजार पुँजीकरण एकै दिन ५ अर्ब ९५ करोड २८ लाख रुपैयाँले बढेको छ । गत बिहीबार ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण आइतबार बढेर ४४ अर्ब २५ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार,व्यवसाय,प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्र...
एनपीएल : विराटनगरमाथि चितवनको जित

एनपीएल : विराटनगरमाथि चितवनको जित

बुटवलडविड मलानको उत्कृष्ट ब्याटिङ र कमल ऐरिको कसिलो बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल०मा विजयी सुरुवात गरेको छ...
साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौंसाउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई रियादस्थित नेपाली दूतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको ...
पुनःस्थापना अनिश्चित भएपछी जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित

पुनःस्थापना अनिश्चित भएपछी जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित

काठमाडौँविदुर नगरपालिका–५, देवीघाटका रामकुमार भण्डारी बाढीले घरमा थुपारेको हिलो पन्छाएर सात सदस्यीय परिवारसहित पुरानै ठाउँमा ...