अंग्रेजलाई हराएको सम्झनामा मनाइयो जितगढी विजयोत्सव, विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल लिन्छौं: मुख्यमन्त्री आचार्य


बुटवल

अंग्रेज फौजलाई पराजित उत्सवका रूपमा आइतबार बुटवल जितगढीमा विजय उत्सव मनाइएको छ। बुटवल उपमहानगरपालिकाले नेपाली सेनासँगको सहकार्यमा अंग्रेजलाई हराएको खुसीयालीको स्मरण गर्दै जितगढी विजयी उत्सव मनाएको हो।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो। सोही सम्झनामा हरेक वर्ष विजय उत्सव मनाउने गरिएको छ। विभिन्न सांस्कृतिक र जातीय झाँकीसहित नेपाली गोरखादेखि पैदलयात्रा गरी बुटवल आइपुगेका पदयात्रीहरुलाई जितगढी किल्लामा स्वागतसहित समारोह गरिएको छ।

विजय उत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताए। उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्ने बताए। मुख्यमन्त्री आचार्यले कर्नेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामकरण गर्न संघीय सरकारसँग पहल गर्ने बताए।

‘इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ। राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ। त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ’ मुख्यमन्त्री आचार्यले भने।

गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वागत गरेका थिए। पाण्डेयले कर्नेल उजिरसिंहलाई राष्ट्रिय विभूति घोषणा गर्न र जितगढीको विकासका लागि प्रदेश सरकारलाई पहल गर्न आग्रह गरे। उनले ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षणका लागि पहल गरिरहेको बताए।

तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आइतबार ऐतिहासिक जितगढी किल्लामा आइपुगेको हो। पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी थिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, पूर्व नगरप्रमुख, जिल्ला समन्वय समिति, पूर्वजनप्रतिनिधिहरूको उपस्थिति थियो। १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए।

कर्नेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थियो। त्यही फौजले १८७१ सालदेखि सुरु भएको पटकपटकको आक्रमण सामना गर्दै १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो। अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो।

छुटाउनुभयो कि ?

विपद्‌मा दलहरू एकजुट, उद्धार र राहतमा सक्रिय

विपद्‌मा दलहरू एकजुट, उद्धार र राहतमा सक्रिय

काठमाडौंराजनीतिक मुद्दामा फरक–फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू रसुवाको बाढीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भ...
रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

काठमाडौंभोटेकोशी बाढीमा ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान...
भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...