अंग्रेजलाई हराएको सम्झनामा मनाइयो जितगढी विजयोत्सव, विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल लिन्छौं: मुख्यमन्त्री आचार्य


बुटवल

अंग्रेज फौजलाई पराजित उत्सवका रूपमा आइतबार बुटवल जितगढीमा विजय उत्सव मनाइएको छ। बुटवल उपमहानगरपालिकाले नेपाली सेनासँगको सहकार्यमा अंग्रेजलाई हराएको खुसीयालीको स्मरण गर्दै जितगढी विजयी उत्सव मनाएको हो।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो। सोही सम्झनामा हरेक वर्ष विजय उत्सव मनाउने गरिएको छ। विभिन्न सांस्कृतिक र जातीय झाँकीसहित नेपाली गोरखादेखि पैदलयात्रा गरी बुटवल आइपुगेका पदयात्रीहरुलाई जितगढी किल्लामा स्वागतसहित समारोह गरिएको छ।

विजय उत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताए। उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्ने बताए। मुख्यमन्त्री आचार्यले कर्नेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामकरण गर्न संघीय सरकारसँग पहल गर्ने बताए।

‘इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ। राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ। त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ’ मुख्यमन्त्री आचार्यले भने।

गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वागत गरेका थिए। पाण्डेयले कर्नेल उजिरसिंहलाई राष्ट्रिय विभूति घोषणा गर्न र जितगढीको विकासका लागि प्रदेश सरकारलाई पहल गर्न आग्रह गरे। उनले ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षणका लागि पहल गरिरहेको बताए।

तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आइतबार ऐतिहासिक जितगढी किल्लामा आइपुगेको हो। पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी थिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, पूर्व नगरप्रमुख, जिल्ला समन्वय समिति, पूर्वजनप्रतिनिधिहरूको उपस्थिति थियो। १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए।

कर्नेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थियो। त्यही फौजले १८७१ सालदेखि सुरु भएको पटकपटकको आक्रमण सामना गर्दै १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो। अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...