यता प्रचण्डले निशर्त समर्थन गर्छु भन्ने उता गोप्य भेटघाट गर्न देउवा बैंकक, के खिचडी पाक्दैछ ?


काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा माअ‍ोवादीले सघाउने बताएकै दिन सत्तारुढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बैंकक उडेका छन् । उनी आज अपरान्ह बैंकक लागेका हुन् ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवा थाइल्याण्डको राजधानी बैंकक गएका छन् । देउवा पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र परिवारका अन्य सदस्यसहित आज राती थाइ एअरवेजको उडानबाट बैंकक लागेका हुन् । कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आइतबार रा आँखाको उपचारका लागि एक हप्ताका लागि बैंकक गएका हुन् ।

त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । कतिपयले देउवाले केहि विदेशी शक्तिसँग नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकार परिवर्तनका सम्बन्धमा गोप्य भेटघाट हुने विश्लेषण समेत गरेका छन् । तर कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले सभापति देउवा उपचारका लागि मात्र थाइल्यान्ड जान लागेको दाबी गरे ।

‘आँखाको फलोअप उपचारका लागि उहाँ आज राति १२ बजे राति थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने कार्यक्रम छ’, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलको भनाई छ ।

मुलुकको राजनीतिक अवस्था तरल भएका बेला प्रमुख सत्ता साझेदार दलका नेता देउवा थाइल्यान्ड जान लाग्नुलाई अर्थपूर्ण रुिपमा हेरिएको छ ।

उता परराष्ट्रमन्त्री भोलिदेखि हुन लागेको संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औं सम्मेलनमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन आगामी शुक्रबारसम्म हुँदैछ ।

कांग्रेस तयार भएमा कांग्रेसलाई निशर्त समर्थन गर्ने तर अहिलेकै अवस्थामा माओवादी सरकारमा पनि नजाने र सत्तारुढ दललाई सघाउन पनि नसकिने प्रचण्डको भनाइ छ । सरकारको विषयलाई लिएर अहिले कांग्रेस–एमालेमा ठूलो मतभेद रहेको आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बताए । कांग्रेस–एमाले गठबन्धन सरकार धेरै लामो समय नटिक्ने प्रचण्डको दाबी छ ।

त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । कतिपयले देउवाले केही विदेशी शक्तिसँग नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकार परिवर्तनका सम्बन्धमा गोप्य भेटघाट हुने विश्लेषण समेत गरेका छन् । तर कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले सभापति देउवा उपचारका लागि मात्र थाइल्यान्ड जान लागेको दाबी गरे ।

छुटाउनुभयो कि ?

आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

काठमाडौंजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...
इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ...
विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

बुटवलफिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को बहुप्रतिक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र अफ्रिकी पावरहाउस मोरक्को १–१...
आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...