अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि गुल्मीका मरासिनी सहितको टोली तुर्कमेनिस्तान प्रस्थान


काठमाडौं, वैशाख ६ – दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स (गणित) ओलम्पियाडमा सहभागी हुन नेपाली विद्यार्थीको टोली आज तुर्कमेनिस्तान प्रस्थान गरेको छ। प्रतियोगितामा गुल्मीका आयुष मरासिनी सहित ६ जना विद्यार्थी सहभागी छन्।

गुल्मीको रेसुङ्गा नगरपालिका–६ निवासी मरासिनी हाल बुटवलको ड्राइभरटोलस्थित न्यू होराईजन कलेजमा अध्ययनरत छन्।

नेपालबाट छनोट भएका ६ जना प्रतिभावान विद्यार्थीहरु अप्रिल २१ देखि २६ सम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुँदैछन्। करिब ३० भन्दा बढी राष्ट्रका ३०० भन्दा बढी विद्यार्थीहरू सहभागी हुने उक्त प्रतियोगिता व्यक्तिगत तथा समूहगत रूपमा सञ्चालन हुनेछ।

नेपालबाट पहिलो पटक सहभागिता जनाउन लागेको यो प्रतियोगितामा सहभागी विद्यार्थीहरूमा आयुष मरासिनी (गुल्मी), आयुष ठगुना (दार्चुला), आशिष मिश्र (धनुषा), सुहित ढुंगाना (भक्तपुर), प्रकृश आचार्य (काठमाडौं) र शुभम श्रेष्ठ (काठमाडौं) रहेका छन्।

टोलीको नेतृत्व म्याथमेटिक्स एसोसिएशन अफ नेपालका केन्द्रीय सह–कोषाध्यक्ष डा. सरस्वती आचार्यले गर्नुभएको छ भने शिक्षक धर्मेन्द्रकुमार यादवले सह–नेतृत्वको भूमिका निर्वाह गर्नुहुनेछ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...