
काठमाडौं
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने भएको छ ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना सदस्य रहने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री शाहसहितको उक्त प्रतिनिधिमण्डल मंसिर ६ गते भारत प्रस्थान गर्दै छ ।
प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै, प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछ ।