एनपीएल: पोखराको लगातार चौथो हार, आज काठमाण्डौ र लुम्बिनी खेल्दै



बुटवल
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजसँग पनि पराजित भएको छ । हिजो भएको खेलमा पोखरालाई ३० रनले हराउँदै चितवन ५ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रन बनाउँदा अलआउट भयो । लगातार चौथो खेल गुमाएको पोखरा तालिकाको पुछारमा छ । उसको प्ले–अफ सम्भावना पनि लगभग सकिएको छ ।

एनपीएलमा हिजो नै भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हरायो । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

कर्णालीका डेभिड मिलरले डेब्युमै अविजित ९३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

एनपीएलमा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे शुरु हुनेछ । प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

छुटाउनुभयो कि ?

स्वावलम्बननै अग्रगमनको कडी

स्वावलम्बननै अग्रगमनको कडी

श्रीराम ज्ञवाली‘स्वावलम्बन’ दुईवटा शब्दहरू ‘स्व’ र ‘अवलम्बन’ मिलेर बनेको छ, जसको अर्थ आफ्नो खुट्टामा आफैं उभिनु वा आफ्ना आवश्...
एनपीएल: पोखराको लगातार चौथो हार, आज काठमाण्डौ र लुम्बिनी खेल्दै

एनपीएल: पोखराको लगातार चौथो हार, आज काठमाण्डौ र लुम्बिनी खेल्दै

बुटवलतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजसँग पनि पराजित भएको छ । हिजो भएको खेलमा पोखर...
तिहार: आज काग पुजा गरिँदै

तिहार: आज काग पुजा गरिँदै

बुटवलयमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउन...
सत्तारूढ राजस्वपाका सभापतिले नै गर्न थाले सरकारको आलोचना

सत्तारूढ राजस्वपाका सभापतिले नै गर्न थाले सरकारको आलोचना

काठमाडौँसत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले सरकारका गतिविधिमाथि सार्वजनिक रूपमा आलोचनात्मक धारणा राख्न थालेका छन् । प...