टोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने



बुटवल
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आउँदो कात्तिक २६ गते थुनामुक्त हुने भएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागार कार्यालय डिल्लीबजारमा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले कात्तिक २६ गते रिहा गर्न आदेश दिएको हो।

कारागारका जेलर बिक्रम पाण्डेले उनलाई त्यसदिन रिहा गर्न भनेर सोमबार पत्र आएको बताए।

‘जेष्ठ नागरिक अन्तर्गत ६५ वर्षको सुविधा माग गर्दै उहाँले निवेदन दिनुभएको थियो। कारागारमा उहाँलाई कात्तिक २६ गते रिहा गर्न भनेर आदेश हिजो आइपुगेको थियो,’ उनले भने।

गत असार ३० गते जिल्ला अदालत काठमाडौंले रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय तोकेको थियो। २०८० मंसिरदेखि उनी थुनामा छन्।
यसैबीच अदालतले सजाय तोकेपछि उनले जेष्ठ नागरिकको सुविधा माग गर्दै निवेदन दिएका थिए।
गत शुक्रबार न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले जेष्ठ नागरिकको सुविधा प्रदान गर्ने निर्णय गर्दै रिहा गर्न आदेश गरेको हो।
जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पुगेर ७० वर्ष ननाघेको जेष्ठ नागरिकलाई २५ प्रतिशतसम्म छुट दिने उल्लेख छ। रायमाझी ठगी, राज्यविरूद्धको कसुर, संगठित अपराध कसुर गरेकोमा दोषी ठहर भएका थिए।
उनलाईलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरूद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना र एकीकृत कसुरतर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाइएको हो।

यसमध्ये अधिकतम कैद ४ वर्ष बस्नुपरे पनि जरिवाना सबै कसुरको तिर्ने थियो। अब जेष्ठ नागरिकको सुविधा पाएसँगै उनी कात्तिक २६मा छुट्नेछन्।

छुटाउनुभयो कि ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने

टोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने

बुटवलपूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आउँदो कात्तिक २६ गते थुनामुक्त हुने भएका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी...
लुम्बिनी विकास कोषको सदस्य सचिवमा तिलाेत्तमाका सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा तिलाेत्तमाका सन्तोष पाण्डेय नियुक्त

बुटवललुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेय नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेयल...
प्रेस काउन्सिल सम्बन्धी ऐन संशोधनसहित दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

प्रेस काउन्सिल सम्बन्धी ऐन संशोधनसहित दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौंसरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस का...
माधव नेपाल, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर

माधव नेपाल, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंरिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी बिक्री गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधव...