लुम्बिनी प्रदेश सरकारको मन्त्रालय संख्या ८ कायम गर्ने तैयारी


दाङ
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथासिघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
लुम्बिनीमा हाल १२ वटा मन्त्रालय छन् । प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन पेश गर्न निर्देशन दिइने भएको छ ।
बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सवारी साधन नवीकरण तथा पटके सेवा सञ्चालन सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । अव आगामी आर्थिक बर्षदेखी यातायात व्यवस्था कार्यालय नभएको जिल्लाको हकमा सवारी दर्ता किताव नविकरण(विल वुक), अस्थायी बाटो इजाजत सेवा प्रदान गर्ने निर्णय गरिएको छ । गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्व र वर्दीयाको हकमा घरेलु तथा साना उद्योग कार्यालयबाट गर्ने, साथै दाङ जिल्लाको हकमा घरेलु तथा साना उद्योग कार्यालयबाट समेत सञ्चालन गर्ने निर्णय गरिएको हो ।
बैठकले प्रदेश सचिवको पदमा जिम्मेवारी तोक्ने निर्णय गरेको छ । नारायणप्रसाल अर्याललाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शुसिला अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको हो ।
बैठकले अध्ययन पूर्व स्वीकृति तथा अध्ययन विदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३, आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीलाई प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले धार्मिक वन हस्तान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गर्ने तथा निजी वनमा भएका रूखको कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०८३ लाई सम्वन्धित समितिमा पठाउने निर्णय गरिएको छ ।

छुटाउनुभयो कि ?

न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै   ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

बुटवलन्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आय...
रोमानियामा काम र तलब नपाएपछि नेपाली श्रमिक आन्दोलित

रोमानियामा काम र तलब नपाएपछि नेपाली श्रमिक आन्दोलित

काठमाडौँयुरोपको आकर्षक रोजगारी र बसाईको सपना बोकेर रोमानिया पुगेका नेपाल श्रमिक सम्झौताअनुसार काम, पारिश्रमिक र सेवा–सुविधा न...
ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ

ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ

बुटवलजिल्ला प्रशासन कार्यालय रुपन्देहीले विवाह, व्रतबन्ध, धार्मिक समारोह तथा सामाजिक कार्यक्रममा मापदण्डविपरीत चर्को आवाजमा ड...
तिलोत्तमा महोत्सव : सफल उद्यमीका अनुभवले विद्यार्थीमा जगायो उद्यमशीलताको प्रेरणा

तिलोत्तमा महोत्सव : सफल उद्यमीका अनुभवले विद्यार्थीमा जगायो उद्यमशीलताको प्रेरणा

तिलाेत्तमातिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले सफल उद्यमी...