शीतलहरका कारण दाउन्ने सडक पुर्ण अवरुद्ध , वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक कार्यालयको आग्रह


बुटवल
अविरल शीतलहरका कारण सडक चिप्लो भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित दाउने जंगल क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका अनुसार आज बिहान करिब ९:३० बजेदेखि सडक अत्यधिक चिप्लो हुँदा ठूला मालवाहक सवारी साधन आवत–जावत गर्न नसक्ने अवस्था सिर्जना भएको हो। उकालो–ओरालो खण्डमा सवारी साधन चिप्लिने र फस्ने जोखिम बढेपछि सुरक्षाका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको जनाइएको छ।
बाटो अवरुद्ध भएपछि पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने यात्रु तथा सवारी साधन बीचमै रोकिएका छन्। सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अत्यावश्यक कामबाहेक उक्त मार्ग प्रयोग नगर्न, सतर्कता अपनाउन तथा सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...