बुटवल-लमही ४ सय केभी क्षमताको नयाँ प्रसारण लाइन निर्माण हुने


काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले बुटवल लमही नयाँ चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले सो आयोजना कार्यान्वयन गर्न लागेको हो । प्रसारण लाइनको प्रभावित क्षेत्रमा वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरिएको छ । कुल चार सय केभी क्षमताको सो प्रसारण लाइनको ४६ मिटर क्षेत्राधिकार तोकिएको छ । प्रसारण लाइनको केन्द्रबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ रहनेगरी क्षेत्राधिकार तोकिएको छ । सो प्रसारण लाइनमा कुल चार सय पाँचवटा टावर रहनेछन् ।

यस्तै, दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक, आर्थिक प्रणालीमा केकस्तो प्रभाव पर्दछ पनि एकिन गर्न लागिएको सूचनामा उल्लेख छ । त्यस क्षेत्रका आयोजनाका कारण पर्न जाने प्रभावका बारेमा आवश्यक जानकारी, सुझाव एवं सल्लाह दिन प्राधिकरणले आग्रह गरेको छ । वातावरणीय प्रस्तावका सम्बन्धमा आवश्यक राय, सुझाव र सल्लाह प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्ग र परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड ललितपुरमा उपलब्ध गराउन भनिएको छ ।

छुटाउनुभयो कि ?

तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ । शनिबार मेलामा भएको उल्ल...
पालिकाको सफल अभ्यास अर्कोले सिक्नुपर्छ : मुख्यमन्त्री आचार्य

पालिकाको सफल अभ्यास अर्कोले सिक्नुपर्छ : मुख्यमन्त्री आचार्य

पाल्पालुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न...
संविधानमा निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

संविधानमा निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

काठमाडौँसंविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ। नागरिकको यही मौलिक हक कार्या...
खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

काठमाडौंहोल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा भक्तपुरको बोडेमा आश्रय लिइरहेका सुकुम्बासी परिवारको द...