राजनीति

भयाे संसद विघठन, फागुन २१ गतेका लागि ताेकियाे चुनाव

भयाे संसद विघठन, फागुन २१ गतेका लागि ताेकियाे चुनाव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं अन्नत: संसद विघठन भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् ।त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति ताेकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् । ...
प्रधानमन्त्री बन्न कार्कीको अडान : संसद् विघटन र दमन छानबिन अनिवार्य

प्रधानमन्त्री बन्न कार्कीको अडान : संसद् विघटन र दमन छानबिन अनिवार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई प्रधानमन्त्री बनाउनुअघि दुई प्रमुख सर्त पूरा गर्नुपर्ने अडान राखेकी छन्।उनले जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन र संसद् विघटनलाई अनिवार्य सर्तका रूपमा प्रस्तुत गरेकी हुन्। यी सर्त पूरा नभए प्रधानमन्त्रीको जिम्मेवारी लिन नसकिने उनको स्पष्ट अडान रहेको छ।गएराति शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग लामो छलफल भए पनि सर्तमा सहमति नजुटेपछि कार्की बैठकस्थल छोडेर बाहिरिएकी थिइन्। कार्कीले अब शीतलनिवासमा वार्ताका नाममा बोलाउनै नहुने भन्दै आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर मात्रै जिम्मेवारी सम्हाल्ने तयारी रहेको स्पष्ट गरेकी छन्। उनका नजिकका स्रोतका अनुसार, पुराना दलहरूले संसद् कायम राखेर चुनाव गराउन नसक्ने बहाना बनाउने र अन्तरिम सरकारलाई असफल पार्ने सम्भावना भएकाले यस्तो परिस्थितिमा आफू प्रधानमन्त्री बन्...
निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- शुशासन र दुर्त सेवा प्रवाहमा  ध्यान दिन आवस्यक

निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- शुशासन र दुर्त सेवा प्रवाहमा ध्यान दिन आवस्यक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताए।प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो। सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ। बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ। शुभकामना सन्देशमा थप लेखिएको छ, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर...
एमाले विधान महाधिवेशन : प्रतिवेदनहरुमाथि समुहगत छलफल हुँदै

एमाले विधान महाधिवेशन : प्रतिवेदनहरुमाथि समुहगत छलफल हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
गोदावरीसत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज तीनवटा प्रतिवेदन प्रस्तुत हुँदैछन्। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका छन्।‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको एमालेको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्। आज बिहान ८ बजेदेखि सुरु हुने दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएन।आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि...
चिन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौँ- प्रधानमन्त्री ओली

चिन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौँ- प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
ललितपुर नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमा नाका बारे भारतसँगै वार्ता गरेर समाधान गर्ने राष्ट्रियताप्रतिको अडानलाई अघि सारेका छन् । दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा अध्यक्ष ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बताए।शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी हुने क्रममा अध्यक्ष ओली र चीनका राष्ट्रपति सीबीच दुई पक्ष भेटवार्तामा भारतसँग चीनले गरेको व्यापारिक सम्झौताप्रति असहमति जनाएको उनले बताए। अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने, ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबिच भएको भेटर्वातामा लिपुलेक सम्बन्धमा भारत र चीनले गरेको व्यापारिक सम्झौताको प्रष्टरुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’ आसन्न भारत भ्रमणप्रति लक्षित गर्दै अध्यक्ष ओल...
रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमान्डौँ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरुले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरुले निरन्तर संसद बहिष्कार गरेका हुन् ।आज पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए । सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलन जारी रहेको जानकारी दिए । उनले बेथिति बिरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै आपत्ति जनाएका छन । त्यस्तै राप्रपा सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दि...
प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले मौखिक प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले मौखिक प्रश्नहरुको जवाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंआज संघीय संसद प्रतिनिधि सभाको छैटौं अधिवेशनको ६१औं बैठक बस्दैछ । आजको बैठक दिउसो १ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा सभामुखले 'नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले 'बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सैगरी प्रधानमन्त्...
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किदै

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने रुसका राष्ट्रपति भ्लादमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ भेटवार्ता गरेका थिए ।प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्यसहित पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर...
डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स गरेको कागज गरे सार्वजनिक

डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स गरेको कागज गरे सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रुपन्देही रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए ।अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहु...
आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन : गृहमन्त्री लेखक

आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन : गृहमन्त्री लेखक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
वीरगंजगृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको रहेको बताएका छन् ।प्रेस युनियन पर्साद्वारा वीरगंजमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध नबिग्रिने बताउदै मित्र राष्ट्र भारतले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेख-कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको बताए ।उनले भारत र चीनले नेपालको भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाएको आपत्ति ठीक रहेको उनको तर्क छ । उनले भने- 'त्यो कुरामा हामी प्रष्ट भन्न चाँहन्छौं त्यसपसमा आपति छैन । र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन । यो हाम्रो हो हामी भनिरहन्छौं, यसले सम्बन्ध बिग्रनपर्ने कुर...