राजनीति

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा पूर्वाधार र कृषिलाई प्राथमिकता

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा पूर्वाधार र कृषिलाई प्राथमिकता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
दाङ लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत नागरिक जीवनस्तर उकास्ने, दिगो विकासमा आधारित समृद्ध प्रदेश निर्माण गर्ने तथा जनताको विश्वास जित्ने दिशा तय गरेको छ । नीति तथा कार्यक्रम अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र मानवीय विकासलाई सुदृढ बनाउँदै लैजाने, तीन तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने, प्रदेशलाई संस्थागत बनाउने कानुनी तथा जनशक्ति सम्बन्धी आधार तयार गर्ने र सबै जिल्लाको सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता दिने बताइएको छ । प्रदेशका सबै मन्त्रालय तथा निकायहरूको समन्वयात्मक परिचालनलाई बल दिइएको छ भने सुशासन, नागरिक मैत्री प्रशासन र सेवा प्रवाहमा व्यापक सुधार गर्ने लक्ष्य लिइएको छ । प्रविधिको प्...
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ । ...
सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ । हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर प्रयोग गर्न पनि चाहन्नौं । त्यसो हुँदा हाम्रो जस्तो विकाशसील देशहरूका निम्ति सफ्ट पावरहरू धेरै महत्वपूर्ण हुन्छ । त्यसभित्र संस्कृति, पर्यटन लगायत हुन्छन्, आफ्ना केही पहिचानहरू पनि पर्छन् । यसभित्र त्यो देशले खेल्न सक्ने भूमिका हुन्छन् । यी विभिन्न कुराले कूटनीतिमा सफ्ट पावरको, सौम्य शक्तिको भूमिका खेल्छन् । एक किसिमले भन्ने हो भने, नेपाल सबैका निम्ति स्वीकार्य देश हो । हाम्रो कसैसँग वैमनश्य छैन, कसैसँग कटुता छैन । जतिबेला म परराष्ट्रमन्त्री थिएँ, त्यसबेला सरकार...
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकमा कांग्रेसकी मन्जु खाण

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकमा कांग्रेसकी मन्जु खाण

Breaking news 2, राजनीति, समाचार
रुपन्देही भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद मन्जु खाण चयन भएकी छन्। यसअघि उपसमिति संयोजकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराई थिए। भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए। त्यसपछि उपसमिति सदस्यहरूमध्येबाट आइतबार कांग्रेस सांसद खाणलाई संयोजक तोकिएको हो। उपसमितिको आइतबारकै बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णय पनि गरेको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रहेपछि रास्वपा सांसद मनीष झाले प्रश्न उठाएका थिए। सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृ...
प्रतिनिधिसभामा विपद् व्यवस्थापनका लागि समयमै ध्यान दिन आग्रह

प्रतिनिधिसभामा विपद् व्यवस्थापनका लागि समयमै ध्यान दिन आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गरेका छन् । बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद् दामोदर पौडल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनःनिर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गरे । सांसद दीपक गिरीले सगरमाथा संवादले जलव...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचि...
दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाज, सम्पादकिय
पोखरा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ । ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ । पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा भएका हुन् । गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजु...
प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक अधिकार दिईनुपर्छ:  मन्त्री भूमिश्वर ढकाल

प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक अधिकार दिईनुपर्छ: मन्त्री भूमिश्वर ढकाल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आम निराशालाई सम्बोधन गर्न प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक रुपमा पूर्ण अधिकार नआएकोले उक्त अधिकार दिनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले अहिले प्रदेश संरचनामा अन्य कामहरू भएता पनि वित्तीय र प्रशासनिक अधिकार नहुँदा अपेक्षाकृत काम नहुँदा जनतामा निराशा छाएको बताएका हुन्। मन्त्री ढकालले विगतका महत्वकांक्षी योजना र सीमित स्रोत हुँदा योजना पुरा नहुने समस्या देखिएकाले आउने नीति तथा कार्यक्रम र बजेटमा ,स्रोतका आधारमा प्राथमिकता हेरेर बजेट विनियोजन गरिने बताए। उनले लुम्बिनी प्रदेश सरकारद्वारा भए गरेका काम र योजना, काम नभएर निराशा भएको मात्र नभई भए गरेका काम र योजना आम जनता माझ नपुगेका कारणले पनि निराशा देखिएको धारणा राखे। उनले भौत...
मदन भण्डारीले ३२ वर्षअघि प्रस्ताव गरेको नेपाली क्रान्तिको कार्यक्रम-जनताको बहुदलीय जनवाद (पूर्णपाठ)

मदन भण्डारीले ३२ वर्षअघि प्रस्ताव गरेको नेपाली क्रान्तिको कार्यक्रम-जनताको बहुदलीय जनवाद (पूर्णपाठ)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
मदन भण्डारीको बिचार जवजको यथार्थ दस्तावेज मदन भण्डारी र जीवनराज आश्रितको ३२औं स्मृति दिवसको अवसर पारेर आज २०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनबाट पारित दस्तावेज प्रस्तुत गरिएको छ । नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद १. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिकरूपमा फहराएको आफ्ना लक्ष्यहरूको झन्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासको कार्यक्रमका रूपमा पार्टीले आफ्नो लक्ष्य निर्धारित गर्नुपर्छ, आफ्नो कार्यक्रम निश्चित गर्नुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ । यसैलाई प्राथमिकता दिनु जरुरी छ । सामन्तवाद र साम्राज्यवादको शोषण-उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास स...
कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेटवार्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ माओवादी उपमहासचिव जनार्दन शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेका छन् । मध्यपहाडी राजमार्ग अभियानमा डडेलधुरा पुगेका अध्यक्ष पुष्पकमल दाहालले देउवासँग टेलिफोन वार्ता गरेलगत्तै शर्मा देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । शर्माले देउवासँग ‘समसामयिक राजनीतिक’ विषयमा कुरा भएको बताए । ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ नयाँ गठबन्धनको केही चर्चा भएको हो ? भन्ने प्रश्नमा उनले भने, देउवाजीसँग समसामयिक राजनीतिक कुराकानी भएको हो । अरु त्यस्तो केही छैन ।’ गत आम निर्वाचनलगत्तै एमाले-माओवादी गठबन्धन सरकार बनेको दुई महिनापछि २०८० फागुनमा कांग्रेस–माओवादी गठबन्धन सरकार बनेको थियो । त्यो गठबन्धनका एक सुत्राधारमध्ये एक शर्मा थिए । कतिपयले उनको देउवासँगको भेटलाई अर्थपूर्ण रुपमा लिएका छन् । दुई नेताबीच भएको टेलिफोन संवादमा द...