राजनीति

कम्युनिष्टहरूले धरातल छोडेकोमा लेखक तथा साहित्यकारहरूको चिन्ता

कम्युनिष्टहरूले धरातल छोडेकोमा लेखक तथा साहित्यकारहरूको चिन्ता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल प्रगतिशील लेखक सङ्घमा आवद्द लेखक तथा साहित्यकारले धरातल छाडेर लिग बाहिर जान थालेका कम्युनिष्ट घटकहररूलाई प्रलेसले खबरदारी गरेर लइाउनु पर्ने उनीहररूको साझा भनाइ छ । प्रगतिशील लेखक सङ्घलाई साझा मोर्चाको रुपमा बचाउनु पर्ने बताउँदै उनीहररूले कम्युनिष्ट पार्टी फुटेर २९ वटा घटकमा विभाजित भएकोप्रति चिन्ता व्यक्त गरे । उनीहररूले प्रलेसलाई भात्रृ सङ्गठनको रुपमा फुटाउन दिन नहुने बताए । प्रगतिशील लेखक सङ्घ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न १० औं जिल्ला अधिवेशनमा बोल्ने साहित्य स्रष्टाहररूले कम्युनिष्टले प्रगतिवादी आन्दोलनलाई सही ढङ्गले अगाडी बढाउन नसकेको गुनासो गरे । उनीहररूले कम्युनिष्ट पार्टीमा सामान्तवादी चरित्र कायमै रहेको र पार्टी स्थापनाको मुल उद्देश्यबाट बिचलित भएकाले प्रलेसले खबरदारी गर्नुपर्ने अवस्था आएको बताए । कम्युनिष्टले आफ्नो धरातल छोडेर शक्ति र सत्ताको पछाडी लाग...
आफू मन्त्री हुँदा काम नगर्ने र अर्को सरकार आएपछि प्रश्न गर्ने अनौठो संस्कार छ : प्रधानमन्त्री ओली

आफू मन्त्री हुँदा काम नगर्ने र अर्को सरकार आएपछि प्रश्न गर्ने अनौठो संस्कार छ : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्री हुँदा काम नगर्ने र अर्को सरकार आएपछि प्रश्न गर्ने परम्परा बसेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रश्न राखेका एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाको प्रश्नमा जवाफ दिँदै ओलीले आफूले काम नगर्ने र अरुलाई प्रश्न सोध्ने अनौठो संस्कार रहेको बताए । ‘मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरेर काम सुरु गरेँ। त्यसको केही समयमै सरकार परिवर्तन भयो म बाहिरिएँ। त्यसपछि आउने सरकारले निरन्तरता दिएनन्। निर्माण रोकियो,’ उनले भने, ‘प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। तीनवर्ष रद्ध गर्ने अनि कार्यक्रम किन सुरु भएन प्रश्न सोध्ने? हाम्रो अनौठोको संस्कार छ।’ ज्वालाले प्रधानमन्त्री ओलीको अघिल्लो कार्य...
मधेश प्रदेशका मन्त्रालयहरूको बजेट रोक्का गर्ने तयारी

मधेश प्रदेशका मन्त्रालयहरूको बजेट रोक्का गर्ने तयारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्ने चेतावनी दिएको हो । पत्रमा चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ मात्र २८.५३ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, संघीय सरकारले उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबाट केवल १३.२४ प्रतिशत मात्र प्राप्त हुने जानकारी आएको उल्लेख छ । समग्रमा, कुल आय अनुमानको ३०.३५ प्रतिशत मात्र प्राप्त भएकोले प्रदेश संचित कोषमा न्यून मौज्दात रहेको र भुक्तानीमा चाप पर्न सक्ने सम्भावना देखिएकाले अर्थ मन्त्रालयको ३० माघको मन्त्रीस्तरीय निर्णय भएको पत्रमा उल्लेख छ । मन्त्रालयले खर्चमा मितव्ययिता अपनाउन र खर्च हुन...
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।  सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन् ।  नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । सो पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।   आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठन...
समानिकरणबजेट बढाउन पुर्व प्रधानमन्त्री प्रचण्डको आग्रह

समानिकरणबजेट बढाउन पुर्व प्रधानमन्त्री प्रचण्डको आग्रह

Breaking news 1, राजनीति, समाचार
गुल्मी  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिवार गुल्मीका विभिन्न कार्यक्रममा ब्यस्त भएका छन। बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन गर्दै उनले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिए ।   सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउँदै झन बढाउनुपर्नेमा घटाउन लागेकाले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गरे ।  अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।  सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको प्रचण्डले बताए ।  सुविधा सम्पन्न भवनबाट  जनतालाई दिने सेवा  सहज र सरल रुपमा प्रदान गर्नुपर्नेमा उनको जोड छ ।   प्रशास...
प्रदेशको रणनीतिक विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच २१ बुँदे साझा प्रतिबद्धता

प्रदेशको रणनीतिक विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच २१ बुँदे साझा प्रतिबद्धता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशस्तरीय समन्वय र सहकार्यलाई सुदृढ गर्दै प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।  नेपालको संविधानको धारा ५६ अनुसार राज्यशक्तिको बाँडफाँड, सङ्घीय ढाँचाको शासकीय अभ्यास तथा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गर्दै लुम्बिनी र गण्डकी प्रदेश सरकारबीचको पहिलो ऐतिहासिक बैठक पाल्पाको रानीमहलमा सम्पन्न भएको हो । उक्त बैठकमा दुवै प्रदेशका साझा सम्भावनालाई सम्बोधन गर्ने तथा प्रदेश सरकारलाई जनताको अझ नजिक पु¥याउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका छन् । साझा प्रतिबद्धताअनुसार दुवै प्रदेशबीच नेपालगञ्ज–जोमसोम र भैरहवा–जोमसोम हवाइ सेवा विस्तार गर्न पहल गर्ने, लुम्बिनी–लोमान्थाङ (लुम्बिनी–मुक्तिनाथ) सिल्...
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा (मंगलबार) सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशिघ्र ल्याउन आग्रह गरेका हुन् । ओलीले मुलुकमा कानुनहरु सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भन्सार र राजस्वमा कुनै छली र अनियमिता पाइएका निर्ममताका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जानकारी गराए ।...
मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो-अध्यादेशबारे जनार्दन शर्मा

मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो-अध्यादेशबारे जनार्दन शर्मा

Breaking news 1, राजनीति, समाचार
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अध्यादेश ल्याउन हुने र मिल्ने बताएका छन्। तर अध्यादेशका अन्तरवस्तु के छन् भन्नेमा भने प्रश्न रहने उनको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी उपमहासचिव शर्माले भने, ‘अध्यादेश ल्याउन हुन्छ, ल्याउन मिल्छ, त्यसभित्र के-के आयो भन्ने प्रश्न पो हो त। त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतामा आतंक छ। सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने शंका पो छ त।’ शर्माले सत्तापक्षलाई सुझाव भन्दै मीठो कुरा पनि हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ नहुने बताएका छन्।   ‘सत्तापक्षलाई म सुझाव राख्न चाहन्छु, मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन,’ उनले भने, ‘अध्यादेश कहाँ अड्केको छ, ल्याउनुपर्‍यो। छलफल गरौंला, राम्रोलाई राम्रै भनौंला।’ सरकारले ६ वटा अध्यादेश सदनमा दर्ता गर...
सङ्घीय संसद्का दुवै सदन बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदन बैठक बस्दै

Breaking news 1, राजनीति, समाचार
काठमाडौँ सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा  प्रधानमन्त्री केपी शर्मा ओलीले 'महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१' पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१' फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  आजको बैठकमा 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने छ ।  गृहमन्त्री रमेश लेखकले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक-२०८१',  'सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१'लाई प्रस्तुत...
देउवाले उपेन्द्र यादवलाई भने- सहयोग गर्नुस्, अध्यादेश पास नभए ‘ह्यारेसमेन्ट’ हुन्छ

देउवाले उपेन्द्र यादवलाई भने- सहयोग गर्नुस्, अध्यादेश पास नभए ‘ह्यारेसमेन्ट’ हुन्छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
सरकारले ल्याएका सहकारीसहित ६ वटा अध्यादेश बिहीबारको प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गर्ने तयारी थियो।तर बिहीबार दिउँसो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरू हुनै लाग्दा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची राख्नबाट सरकार पछि हट्यो। कानुन मन्त्री अजयकुमार चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर बिहीबारका लागि अध्यादेश पेस गर्ने कार्यसूची हटाइदिन आग्रह गरेका थिए।त्यसपछि दुवै सदनको बिहीबारको कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची राखिएन। प्रतिनिधि सभामा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) लाई अध्यादेश स्वीकृत गर्न कुनै समस्या छैन। दुई दलमात्रैको पनि आरामदायी बहुमत छ।तर राष्ट्रिय सभामा भने सत्तापक्ष कांग्रेस-एमाले र लोसपा मिल्दा पनि बहुमत पुग्दैन। ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसद चाहिन्छ...