मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो-अध्यादेशबारे जनार्दन शर्मा


प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अध्यादेश ल्याउन हुने र मिल्ने बताएका छन्।

तर अध्यादेशका अन्तरवस्तु के छन् भन्नेमा भने प्रश्न रहने उनको भनाइ छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी उपमहासचिव शर्माले भने, ‘अध्यादेश ल्याउन हुन्छ, ल्याउन मिल्छ, त्यसभित्र के-के आयो भन्ने प्रश्न पो हो त। त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतामा आतंक छ। सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने शंका पो छ त।’

शर्माले सत्तापक्षलाई सुझाव भन्दै मीठो कुरा पनि हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ नहुने बताएका छन्।  

‘सत्तापक्षलाई म सुझाव राख्न चाहन्छु, मिठो कुरा हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन,’ उनले भने, ‘अध्यादेश कहाँ अड्केको छ, ल्याउनुपर्‍यो। छलफल गरौंला, राम्रोलाई राम्रै भनौंला।’

सरकारले ६ वटा अध्यादेश सदनमा दर्ता गरेको छ। तर राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिएकोले निर्णयार्थ पेस गरेको छैन। जसपा नेपालले भूमिबाहेक अध्यादेश स्वीकार गर्न सहयोग गर्ने बताएको छ।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...