Breaking news 2

कक्षा १२ को परीक्षा निर्धारित समयमै हुन्छ, गलत हल्लाका पछाडि नलागौं :  परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा निर्धारित समयमै हुन्छ, गलत हल्लाका पछाडि नलागौं :  परीक्षा बोर्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण (कक्षा १२) परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासंघ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो । पछिल्लो पटक महासंघसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ । बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउ...
उडीसामा फेरी एक नेपाली छात्राको मृत्यु 

उडीसामा फेरी एक नेपाली छात्राको मृत्यु 

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बिहीबार राती भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोज (केआईआईटी)मा अर्की एक नेपाली बिद्यार्थीको ज्यान गएको छ।  उक्त कलेजमा बिटेक दोस्रो सेमेष्टरमा अध्ययनरत वीरगन्जकी विद्यार्थी प्रिसा शाह मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ। सो शिक्षालयको दोस्रो सेमेस्टरमा अध्ययनरत शाह होस्टल मै बसेकी थिइन्। उनीसँग सँगै अध्ययन गर्ने रुपन्देहीका विद्यार्थी सुयोग लम्सालका अनुसार अहिले प्रहरीले कलेज प्रशासन वार्डेन र अन्य विद्यार्थीहरूलाई प्रहरीले सोधपुछ गरिरहेको छ।  मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ, प्रहरीले अनुसन्धानका लागि सोधपुछ गरि रहेको छ उनले भने।  ‘एकाएक यस्तो घटनाले नेपाली मात्रै होइन सबै विद्यार्थीलाई स्तब्ध बनाएको छ, कोही केही बोल्ने मुडमा छैनन्, विषयवस्तु पनि केही खुलेको छैन’ लम्सालले भने। वीरगन्जकी  शाह अर्को ...
प्रेस चौतारी श्रमजीवीको पक्षमा थप सशक्त बनोस्: पूर्व मुख्यमन्त्री लिला गिरी

प्रेस चौतारी श्रमजीवीको पक्षमा थप सशक्त बनोस्: पूर्व मुख्यमन्त्री लिला गिरी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
रुपन्देही १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपाल रुपन्देही शाखाले आयोजना गरेको सञ्चार श्रमिक सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिट ब्युरो सदस्य लिलागिरीले श्रमबाट नै विकास र समृद्धि हासिल हुने हुनाले श्रमजीवी अग्रभागमा हुनुपर्ने र प्रेस चौतारी नेपाल रुपन्देही शाखाले पर्दा पछाडि रहेका श्रमजीवी सञ्चारकर्मीलाई सम्मान गरी प्रोत्साहन गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो। बिहीबार बुटबलमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री गिरीले विश्वभर आज अर्थात् मे १ श्रमिकले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन को उद्देश्य पूरा गर्ने गरी एकताबद्ध भएको १३६औ दिवस मा पनि मजदुरहरूका माग पुरा हुन नसकेको र यसका लागि एकजुट भएर निरन्तर लाग्नुपर्ने बताउनुभयो। उहाँले समाज परिवर्तन गर्ने प्रमुख मि...
यस वर्षमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण

यस वर्षमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ । दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले यो प्रक्षेपण सार्वजनिक गरेको हो । भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म सास्कोफको ३१औं बैठक भएको थियो । सास्कोफमा दक्षिण एसियाका नौ देश (नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान, म्यानमार) का मौसमविद्हरू र अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए । उक्त बैठकमा विश्व मौसम संगठन, भारत मौसम विभाग र अन्य क्षेत्रीय तथा विश्वव्यापी मौसम निकायहरूका विज्ञहरू समेतले २०२५ को मनसुनबारे सामूहिक पूर्वानुमान तयार गरेका हुन् । सास्कोफका अनुसार अनुसार हालको अवस्थामा एल निनो–दक्षिणी दोलन (एन्सो) र हिन्द महासागर द्विध्रुवीयता (इण्डियन ओसन डाइफल–आईओडी) दुवै तटस्थ अवस्थामा छन् । मनसुन अवधिमा यी जलवायु सूचकहरु तटस्थ ...
श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल श्रमिक दिवसको अवसर पारेर रूपन्देहीको बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ। जसमा योवर्ष ई-रिक्सा चलाउने महिला १० जना ,सडकमा मकै पोलेर बेच्ने महिला १० जना तथा जङ्गलमा गई सालको पात टिपेर सडक वा बजारमा बेच्ने महिला १० जना गरी ३० जना श्रमिक महिलालाई जनही १० हजारका दरले ३ लाखको धनराशि सहित सम्मान गरेको हो। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले गएको वर्षदेखि सुरु गरिएको श्रमिक सम्मान कार्यक्रममा विगतको वर्षमा केही यस वर्षमा ३० जना र आउँदा वर्षहरूमा पनि छुटेका वास्तविक श्रमिकहरूलाई सम्मान गर्ने योजना रहेको बताए। बुधबार उपमहानगरको सभाहलमा सम्पन्न कार्यक्रममा श्रमिकलाई नगदसहित सम्मान गर्दै प्रमुख पाण्डेले श्रमको सम्मान र स्थानीय सरकार श्रमजीवीको हितमा रहेको अनुभूति दिलाउने र प्रोत्साहन गर्ने उद्देश्य रहेको बताए। उनले श्रमले प्राथमिकता पाउँ...
आजको मौसम

आजको मौसम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
 हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली हुने जनाएको छ ।  देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ ।  त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको...
मन्त्रालयमा शिक्षक महासंघसँग वार्ता सुरु

मन्त्रालयमा शिक्षक महासंघसँग वार्ता सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधि शिक्षा मन्त्रालय पुगेपछि शिक्षामन्त्री रघुजी पन्तसँग मंगलबार साँझ वार्ता सुरु भएको छ । आन्तरिक बैठक र छलफलका कारण महासंघका पदाधिकारी ढिला गरि मन्त्रालय पुगेका थिए । शिक्षक प्रतिनिधि आएपछि वार्ता सुरु भएको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । सडक प्रदर्शन सकेपछि शिक्षक महासंघको केन्द्रीय नेतृत्व छलफलमा जुटेको थियो । सोमबार साँझ पनि मन्त्रालयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको दुवै पक्षले बताएका छन् । सोमबार रातिसम्म भएको छलफल सकारात्मक उन्मुख रहेकाले निर्णायक वार्ता हुन सक्ने अनुमान गरिएको छ । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी छन् । शिक्षामन्त्री पन्त, सचिव दिपक काफ्ले सहभागी बैठकमा वार्ताको औपचारिक नेतृत्व भने शिक्ष...
बुटवल – नारायणगढ सडकको दाउन्ने खण्डको काम पुरा गर्न ,अझै १५ दिन रातमा बन्द गरिने

बुटवल – नारायणगढ सडकको दाउन्ने खण्डको काम पुरा गर्न ,अझै १५ दिन रातमा बन्द गरिने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल रातीको समयमा आवागमन बन्द गरेर बिस्तार कार्यलाई तिव्रता दिईएको नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रको कामका लागि थप १५ दिन बन्द गरिने भएको छ। उक्त क्षेत्रमा  सडक विस्तारका लागि बैसाख १५ गते सम्म राती ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन बन्द गरेर सडक बिस्तार गरिएकोमा काम सम्पन्न नभएपछि थप १५ दिन रातको समयमा आवागमन गरिने भएको हो। बुटवल नारायणगढ सडक आयोजनाका अनुसार  आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने छ। नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गर्न अनुमती मागेको थियो। सोही अनुसार सडक बिस्तारको  कामलाई तिव्रता दिन रातको समयमा आवागमन बन्...
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’  स्वीकृत

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ स्वीकृत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सो प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिदै सांसद प्रेमबहादुर आलेले पोखरा विमानस्थल दुर्दशाको कारण नियामक र सेवाप्रदायक एउटै व्यक्ति हुनु रहेको बताए । विसं २०८० साउन ९ गते क्यानको महानिर्देशकले धम्क्याएर ‘ग्राउण्डेड’ भएको जहाजलाई उडाएकाले दुर्घटना भएको उनले बताए । “पार्टीको दबाब सहन नसकेर अहिलेका महानिर्देशक म मन्त्री भएका बेला बनाएको हुँ, मैले कनिष्ठलाई नबनाऔँ भनेको थिएँ”, पूर्व नागरिक उड्डयन मन्त्रीसमेत रहेका सांसद आलेले भने । सांसद नागिना यादवले कर्मचारीका कमजोरी लुकाउने गरेकाले हवाइ दुर्घटना बढेको भनाइ राखिन । ऐन बनाएरमात्र नहुने र कार...
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो। चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेकाे छ । आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ । सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेकाे थियाे । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् । शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा सेवा बहिष्कार गरेका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरु स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्...